होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • रतुडाको दलितबस्तीका स्थानीय सिँचाई कुलोको पानी पिउँदै
समाज

रतुडाको दलितबस्तीका स्थानीय सिँचाई कुलोको पानी पिउँदै

  • नागरिक रैबार
रतुडाको दलितबस्तीका स्थानीय सिँचाई कुलोको पानी पिउँदै

प्रकाश विक/बाजुरा ३० जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ रतुडाको दलितवस्तीमा अहिले खानेपानीको चरम अभाव भएको छ ।

१० बढी दलित परिवार बसोबास गर्दै आएको रतुडाका स्थानीयहरु धारासंगै बग्ने सिंचाई कुलोको पानी पिउन बाध्य भएका छन् ।

गाउँमा धाराहरु निर्माण भएका छन् । तर अहिले धाराहरुपनि जिर्ण अवस्थामा छन् । १० वर्षपहिले खानेपानीका धाराहरु निर्माण गरिएका भएपनि तर धारामा पानी नआएको महिनौ वित्यो स्थानीय प्रसादे चंदाराको भनाई छ ।

विज्ञापन

No description available.

रतुडा क्षेत्रका स्थानीयका लागि निर्माण गरिएको खानेपानीको मुहान विग्रीएपछि सो क्षेत्रका स्थानीयहरुले अहिले खानेपानीको चरम अभाव झेल्दै आएको स्थानीय लालबहादुर विकले बताएका छन् । उनले भने नगरपालिकाले यो वस्तीका स्थानीयको खानेपानी व्यवस्थापनका लागि चासाे नदिएकोले हामी वर्षाैदेखि खानेपानीबाट बन्चित हुँदै आएका छाै ।

No description available.

उनले बडीमालिका नगरपालिकाले रतुडा क्षेत्रको खानेपानीको व्यवस्थापनका लागि चासो नदिएपछि गाउँनजिकै बग्ने खोला र सिंचाई कुलोको लागि ल्याइएको पानी खान बाध्य भएका छौ । यता बडीमालिका नगरपालिकाले नगरभित्रको खानेपानी व्यवस्थापनका लागि मात्रै वर्षेनी लाखौ रकम खर्च गर्ने गरेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार