होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका-८ को रावलवाडा बस्ती पहिरोका उच्च जोखिम्मा
Breaking News

बडीमालिका-८ को रावलवाडा बस्ती पहिरोका उच्च जोखिम्मा

  • नागरिक रैबार
बडीमालिका-८ को रावलवाडा बस्ती पहिरोका उच्च जोखिम्मा

नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ को डाँडामा रहेको रावलवाडा र घामताप्ने बस्ति पहिरोको उच्च जोखिम्मा परेको छ ।

निरन्तरको वर्षासंगै बस्तीतलबाट पहिरो खस्न थालेपछि चैडिल र डाँडाको रावलबाडा बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो ।त्यस्तै बस्ती माथिबाट खसेको पहिरोले घामताप्नेका ६ बढी घरपरिवार पनि जोखिम्मा परेको स्थानीय पुणर् विकले बताएका छन् ।

उनले भने बस्तीमाथि त्रिवेणी साना जलविद्युतको नहर र युनिसेफ नेपालले डाँडामा खानेपानीको ट्यांकी निर्माण गरेपछि त्यहाँबाट ओभर भएको पानीका कारण पहिरो खस्न थालेको हो ।

विज्ञापन

No description available.

रावलबाडा बस्ती तलबाट त्रिवेणी साना जलविद्युत केन्द्रको नहर युनिसेफले निर्माण गरेको खानेपानी ट्याँकीको ओभरफल्लो पानीले गर्दा पहिरो जान थालेपछि बडीमालिका ८ को बस्ती पहिरोको उच्च जोखिम्मा परेको बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।
अव पहिरोको जोखिम्मा परेको रावलबाडा वस्तीको दिर्घकालिन व्यवस्थापनका लागि नगरपालिकाबाट बस्तीविस्तारको योजना बनाउन पहल गर्नेछु उनले भने ।

पहिरोको कारण बस्ती नै उच्च जोखिम्मा परेको थाहा भएपछि वडा अध्यक्ष प्रकाश रावल सहित पत्रकारहरुको टोलीले उक्त क्षेत्रको स्थलगत निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा रावलवाडा वस्ती र त्रिवेणी साना जलविद्युतको नहर पहिरोकै कारण उच्च जोखिम्मा परेको देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार