होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सफल व्यवसायी रोकायाको निधनले सिंगो बजार क्षेत्र स्तब्ध
समाचार

सफल व्यवसायी रोकायाको निधनले सिंगो बजार क्षेत्र स्तब्ध

  • नागरिक रैबार
सफल व्यवसायी रोकायाको निधनले सिंगो बजार क्षेत्र स्तब्ध

नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुरा उद्योग बाणिज्य संघका द्धित्तिय उपाध्यक्ष तथा प्रल्हाद जनरल स्टोरका संचालक एंव सफल व्यवसायी धर्म रोकायाको निधनले बाजुराको सिङ्गो बजार क्षेत्र स्तब्ध बनेको छ ।

एकसाता अघि कोरोना सङ्क्रमित भएका रोकायालाई बाजुरामा अक्सिजन अभाव भएपछि थप उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा आज दिउसो निधन भएको हो ।

मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बाजुराका व्यवसायीहरुले आज एक सफल व्यवसायी गुमाएको भन्दै सामाजिक संजाल मार्फत दुख व्यक्त गरेका छन् । त्यस्तै उनले भोली दिनभर मार्तडी बजार बन्द गरेर शोक मनाउन अन्य व्यवसायीहरुलाई अनुरोध समेत गरेका छन् ।

विज्ञापन

गौमुल गाउँपालिका घर भएका रोकायाको निधनले सिंगो गौमुल गाउँपालिका परिवार स्तव्ध भएको उपाध्यक्ष सिता थापाले बताएकि छन् । त्यस्ते रोकायाको निधनपछि बाजुरा उद्योग बाणिज्य संघले पनि दुख व्यक्त गरेको छ ।

दहकोट बचत तथा रिण सहकारीका संचालक समिति अध्यक्ष समेत रहेका रोकाया डेढदशक देखि मार्तडी बजारमा र ४ वर्षदेखि गौमुल गाउँपालिकाको घट्मुना बजारमा व्यवसाय गर्दै आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार