होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उदो हेर्या गाड, उभो हेर्या भिड अब काँ झाई बस्नु हो ?
समाचार

उदो हेर्या गाड, उभो हेर्या भिड अब काँ झाई बस्नु हो ?

  • नागरिक रैबार
उदो हेर्या गाड, उभो हेर्या भिड अब काँ झाई बस्नु हो ?

नागरिक रैबार/बाजुरा २० असार। बडीमालिका नगरपालिका वडा ९ को अनाईको दलित बस्ती पूरै बाढी र पहिरोको उच्च जोखिम्मा परेको छ । मार्तडी-कोल्टी सडक निर्माण गर्दा सडक निर्माण कम्पनिले जथाभावि डोजर लगाएर सडक खनेपछि सो दलित बस्तीका स्थानीयहरु रातभर जागाराम बस्दै आएका छन् ।

निरन्तरको वर्षा त्यसै माथि जथाभावी सडक निर्माण र अनाई खोलामा आउने बाढीले बस्तीलाई दिनप्रतिदिन कटान गर्दै गएको छ ।सो वस्तीका स्थानीयहरुसंग त्यो ठाउँ बाहेक अन्य ठाउँमा बस्ने घर छैनन् । बषौदेखि बर्षातको समयमा यहाँका स्थानीयहरु रातभर ननिदाएर बस्ने गरेका छन् । उदो हेर्या गाड, उभो हेर्या भिड अब काँ झाई बस्नु हो ? ४० वर्षिया दलित महिला मन्धरी सुनारले गुनासो गरिन् । उनले भनिन् हाम्रा लागि त कोही पनि छैनन् कता जाउँ के गरौं ।

No description available.

विज्ञापन

गाउँमाथिबाट पहिरो आउने क्रम बढेपछि अनाईका १२ र झराउलेका ८ गरी २० घरपरिवार बाढी पहिरोको उच्च जोखिम्मा परेको छ ।
असार आठ गते राती परेको अविरल वर्षाका कारण मार्तडी-कोल्टि सडकबाट आएको बाढीपहिरो बस्तीमा पसेपछि स्थानीयले लगाएको धानको बेर्ना, रोपेको धान, मकै बाली पुरिनुका साथै बस्ती नै जोखिममा परेको स्थानीय गोरख विकले बताएका छन् ।उनले मार्तडी-कोल्टी सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई पटकपटक खनेको माटोलाई अन्य ठाउँमा लगेर व्यवस्थापन गर्न आग्रह गरेको भएपनि सडक निर्माण कम्पनीले उल्टै धम्क्याउने गरेको बताए ।

No description available.

जथाभाबी सडक निर्माण कम्पनीले सडक खन्दा अनाई बस्ती जोखिम भएकोले बस्ती जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरालाई स्थानीयले आग्रह गरेका छन् । जथाभाबी सडक निर्माणका कारण बस्ति जोखिम र सम्पतीको क्षतिको बारेमा प्रहरी, जनप्रतिनिधि स्थानियका रोहोबरमा मुचुल्कासहित प्रशासनलाई आग्रह गरेको बडिमालिका नगरपालिका- ९ का कार्यबहाक अध्यक्ष लालचन्द्र नेपालीले बताएका छन् ।

No description available.

जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानियको निवेदनपछि पूर्वाधार विकास कार्यालयलाई सडक निर्माणका कारण बस्ती जोखिम र सम्पतिको क्षति भएको भए आवश्यक क्षतिपुर्तिको व्यवस्था मिलाउन पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताए । जथाभाबी सडक निर्माणले जिल्लाका दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा बनेका छन्।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार