होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • अनाईका बाढीपिडीत दलित परिवारलाई राहत वितरण
बाजुरा बिशेष

अनाईका बाढीपिडीत दलित परिवारलाई राहत वितरण

  • नागरिक रैबार
अनाईका बाढीपिडीत दलित परिवारलाई राहत वितरण

नागरिक रैबार/बाजुरा १७ असार। बडीमालिकाका नगरपालिका वडा नं ९ अनाईका बाढीपहिरो पिडित १२ दलित परिवारलाई राहात वितरण गरिएको छ । बडीमालिका मिडीया हाउसले अनाईको दलित बस्तीमै पुगेर उनीहरुलाई राहत वितरण गरेको बडिमालिका मिडिया हाउसका संचालक प्रकाश सिंहले बताएका छन् ।

मार्तडी-कोल्टी सडकखण्ड निर्माणका लागि भन्दै सडक निर्माण कम्पनिले सडक निर्माण गर्दा जथाभावी राखेको माटो असार ८ गते राती आएको अविरल वर्षाका कारण बगेर दलित वस्तीमा पुगेको थियो ।

बाढी सडकबाट आएको बाढी बस्तीमा पुगेपछि उनीहरुले लगाएको अन्नबाली नष्ट भएको थियो । बाढीपहिरोका कारण अनाईको बस्ती नै जोखिम्मा परेको थाहा पाएपछि केही दिन अगाडी फियान नेपाल र पत्रकारको टिमले सो वस्तीको स्थलगत अनुगमन गरेको थियो ।

विज्ञापन

पहिरो पिडीतको अवस्था अनुगमनपछि बडीमालिका मिडिया हाउसले सो वस्तीका १२ जनालाई खाद्यन्न, नुन तेल वितरण गरेको बडिमालिका मिडीया हाउसका सम्पादक पदम सिंहले बताएका छन् ।

बडीमालिका हाउसको सो राहात बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले बिहिबार पिडितलाई हस्तान्तरण गरेकी हुन् । बडीमालिका मिडिया हाउसले हाम्रो पिडा देखेर घरमै पुगेर राहत सहयोग गरेपछि केही दिनको छाक टार्न यहाँको दलित परिवारलाई सजिलो हुने सो वस्तीकी मन्धरी सुनारले बताईन् । सो वस्तीमा १२ जना दलित परिवार बसोबास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार