होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मृतक थापाको परिवारलाई व्यवसायीद्धारा आर्थिक सहयोग
समाचार

मृतक थापाको परिवारलाई व्यवसायीद्धारा आर्थिक सहयोग

  • नागरिक रैबार
मृतक थापाको परिवारलाई व्यवसायीद्धारा आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा २५ जेठ। मार्तडीको दुनिहाटबजारमा व्यापार व्यवसाय गर्दै आएका त्रिवेणी नगरपालिका ९ का मृतक चक्र थापाको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

मार्तडीमा करिव ७ वर्षदेखि व्यापार गर्दै आएका बागलेख जनरल स्टोरका संचालक थापाको कोरोनाका कारण धनगढी आफनै निवासमा सोमबार असामयिक निधन भएको थियो ।

मृतक थापाको परिवारको आर्थिक अवस्था साह्रै कमजोर भएको भन्दै मार्तडीको दुनिहाटबजार व्यवस्थापन समितिले ३२ हजार एकसय १५ रुपैयाँ आर्थिक संकलन गरेर उनको परिवारलाई सहयोग गरेको मार्तडी हाटबजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् ।

विज्ञापन

मृतक थापाका परिवारको घर खर्चका लागि व्यवसायीहरुबाट संकलन गरिएको उक्त रकम आज उद्योग वाणिज्य संघ कैलालिका सदस्य महेन्द्र बहादुर सिंह, जयमालिका यातायात प्रालिका निवर्तमान अध्यक्ष प्रेम नाथले घरमै पुगेर हस्तान्त्रण गरेको अध्यक्ष मल्लले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै