बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिकाका प्रमुख प्रशाककीय अधिकृतले कार्यक्षेत्रमा जान मानेनन्
बडीमालिका

बडीमालिकाका प्रमुख प्रशाककीय अधिकृतले कार्यक्षेत्रमा जान मानेनन्

  • नागरिक रैबार
बडीमालिकाका प्रमुख प्रशाककीय अधिकृतले कार्यक्षेत्रमा जान मानेनन्

नागरिक रैबार/बाजुरा २६ जेठ।जिल्लाको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद कोइराला सरुवा भएको महिनौ वित्न लाग्दा समेत खटाएको कार्य क्षेत्रमा गएका छ्रैनन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रसाशकीय अधिकृत कोइरालालाइ पटक पटक सरुवाको परिपत्र पठाउँदा समेत बडीमालिका नगरपालिका छाेडेर कतै गएका छैनन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई बडीमालिका नगरपालिकाबाट त्रिवेणी नगरपालिकामा हाँजिर हुनका लागि २०७८ बैशाख १७ गते निणर्य गरेर परिपत्र पठाएको थियो ।

विज्ञापन

तर प्रमुख प्रशासकीय अधिकृत कोईराला परिपत्र पठाएको डेढ महिना वित्न लाग्दा समेत बडीमालिका नगरपालिकामै रहेर हाँजिर गर्दै आएका छन् ।

गत वर्षको चैत्र ९ गतेबाट बडीमालिका नगरपालिकामा हाँजिर भएका कोइरालालाई बडीमालिका नगरपालिकाबाट सरुवा गरेर त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी पठाईएको थियो ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै