होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् ।गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् । गौरिकाले […]
काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । […]
११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका […]
काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।प्रि-सिजन अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो । खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए पनि रेन्जर्सले पुनरागमन जित निकाल्यो ।५५औँ मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए । ७६ औँ […]
काठमाडौँ– नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत अलमुताइरीले राजीनाको घोषणा गरेका हुन्। अखिल नेपाल फूटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई गत चैतमा नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना […]
७ साउन, काठमाडौं । नयाँ खेलाडीहरुलाई डेब्युको अवसर दिएको प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले सहज जित हासिल गरेको छ ।रे मानाजको ह्याट्रिकमा बार्सिलोनाले बुधबार राति भएको खेलमा तेस्रो डिभिजन क्लब जिम्नास्टिकलाई ४-० ले पराजित गरेको हो । बार्साका लागि अर्को गोल एलेक्स कोलाडोले गरे ।खेलको ३८औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको […]
रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३–२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा धेरै छाए । उनले आफ्नो डिब्लिङ, जादुयी पास र चुस्त आक्रमण सबै देखाए । पहिलो […]
४ साउन, काठमाडौं । जोस बटलरको अर्धशतक अनी मोइन अलीको अलराउण्ड प्रदर्शन प्रेरित इंग्ल्याण्डले दोस्रो टी-२० मा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । यस जितपछि घरेलु टोली इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब तेस्रो टी-२० निर्णायक बन्ने भएको छ ।लिड्समा इंग्ल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा […]
लियोनल मेसी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति बनिसकेको छ र कागजमा औपचारिक हस्ताक्षर भएर घोषणा हुनमात्रै बाँकी छ । भर्खरै कोपा अमेरिका च्याम्पियन बनेका मेसीले ५ वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । मेसीले अब जित्न के बाँकी छ ? यसबारे चर्चा गरौं : विश्वकप र च्याम्पियन्स लिग मेसीले जित्न बाँकी प्रमुख उपाधि नै […]
२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ । यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ । क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ […]
१ साउन, काठमाडौं । भारत र पाकिस्तान आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी-२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् । सुपर–१२ मा रहेका […]
युरोपियन महादेशको च्याम्पियन युरो कप विजेता र दक्षिण अमेरिकी महादेशको च्याम्पियन कोपा अमेरिका च्याम्पियनबीच मैत्रीपूर्ण फुटबल खेलाउने प्रस्ताव भएको छ । अर्जेन्टिनाका दिवंगत महान् खेलाडी डिएगो म्याराडोनाको सम्झना र सम्मानमा ‘म्याराडोना सुपर कप’को प्रस्ताव भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले युरोपियन फुटबल महासंघ (युइएफए) समक्ष यसको औपचारिक प्रस्ताव गरेको छ । भर्खरै […]
३१ असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई अनुबन्ध गरेको छ ।युरो २०२० को उत्कृष्ट खेलाडी डोनारुम्मासँग पीएसजीले पाँच वर्षको सम्झौता गरेको छ ।फ्रि ट्रान्सफरमा पीएसजीले उनलाई अनुबन्ध गरेको हो ।सम्झौतापछि २२ वर्षीय डोनारुम्मा अबको पाँच वर्ष पीएसजीमा रहने छन् । इटालीयन क्लब एसी मिलानबाट ५ वर्ष खेलेपछि उनको […]
अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा मैत्रिपूर्ण फुटबल गराउने तयारी सुरु भएको छ । न्युर्योक टाइम्सका तारिक पान्जालाई उद्धृत गर्दै फुटबल इटालियाले यो योजना निकै अघि बढिसकेको जनाएको छ । भर्खरैमात्र इटलीले युरोकप र अर्जेन्टिनाले कोपा अमेरिका जितेका थिए । म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका […]
काठमाडौँ- कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा स्टार खेलाडीहरु लियोनल मेस्सी र नेयमार सँगसँगै परेका छन् । आयोजक कोपा अमेरिकाले मंगलबार सार्वजनिक गरेको ‘टिम अफ टुर्नामेन्ट’ मा उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार पनि सँगै अटेका हुन् । टिममा अर्जेन्टिनाका सर्वाधिक ४ र ब्राजिलका ३ खेलाडी अटाएका छन् । यी हुन् […]
२९ असार, काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका […]
लन्डन — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो–२०२० सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् । रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए । यही युरोमा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको […]
२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । तर […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका […]
काठमाडौं, २७ असार । युरोकपको आज हुने फाइनलमा इटाली र इंग्ल्यान्डमध्ये कस्ले जित्ला ? इटाली र इंग्ल्यान्ड दुवैको इतिहास र वर्तमान केलाउँदा ठोकुवा गर्न सजिलो छैन । इंग्ल्यान्ड उपाधिको लामो खडेरी मेट्न आतुर छ । ऊसँग क्षमतावान् खेलाडी र बलियो टिम छ । इटालीसँग फुटबलको बलियो इतिहास छ । फुटबल भनेपछि मरिहत्ते गर्ने इटालीवासीको हौसला […]