होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, खेल भने रियलले जित्यो
खेलकुद

बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, खेल भने रियलले जित्यो

  • नागरिक रैबार
बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, खेल भने रियलले जित्यो

रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३–२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो ।

यस खेलमा रोनाल्डिन्हो सबैभन्दा धेरै छाए । उनले आफ्नो डिब्लिङ, जादुयी पास र चुस्त आक्रमण सबै देखाए । पहिलो हाफमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै, अर्को एक शानदार प्रहार पोस्ट लागियो ।

पहिलो हाफको हाइड्रेशन ब्रेकमा रिपोर्टरसँग जोक गर्न पनि व्यस्त थिए । त्यस्तै, दुई बालकहरु मैदानमा छिरेर उनीसँग सेल्फी पनि खिचाए ।

विज्ञापन

तर खेल रियलले ३–२ ले जित्यो । रोनाल्डिन्हो, रिभाल्डो, डेको, जाभियर साभिओलालगायत पूर्व स्टारहरु बार्सिलोनाबाट मैदानमा थिए । यता, रियलबाट लुईस फिगो, रोबर्टो कार्लोसलगायत पूर्वस्टारहरु मैदानमा देखिएका थिए । बार्सिलोनालाई पहिलो हाफको २८ औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । तर, पेड्रो मुनिनिटिस र अल्फोन्सो नुनेजले लगालग गोल गरेर रियललाई २–१ को अग्रता दिलाए ।

खेलको झन्डै एक घण्टा बित्न लाग्दा जोफ्रे माथियुले बार्साबाट बराबरी गोल फर्काएका थिए । तर, रुबेन डि ला रेडले गोल गर्दै रियललाई खेल जिताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार