होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्समा मैत्रिपूर्ण खेलको तयारी
खेलकुद

म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्समा मैत्रिपूर्ण खेलको तयारी

  • नागरिक रैबार
म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्समा मैत्रिपूर्ण खेलको तयारी

अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा मैत्रिपूर्ण फुटबल गराउने तयारी सुरु भएको छ । न्युर्योक टाइम्सका तारिक पान्जालाई उद्धृत गर्दै फुटबल इटालियाले यो योजना निकै अघि बढिसकेको जनाएको छ ।

भर्खरैमात्र इटलीले युरोकप र अर्जेन्टिनाले कोपा अमेरिका जितेका थिए । म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका थिए, उनले आफ्नो क्लब करियरको उत्कृष्ट समय भने इटलीको नेपल्समा बिताए । नापोली क्लबबाट उनले सिरिए तथा इटालियन कप जितेका थिए । नापोलीवासीहरु उनलाई फुटबलको भगवान्कै रुपमा मान्छन् ।

त्यहीकारण, नापोलीमै यी पूर्वस्टारको सम्मानमा फुटबल खेलाउने कार्यक्रम राख्न लागिएको हो । अन्तिमपटक नापोलीमा इटलीले अर्जेन्टिनासँग १९९० को सेमिफाइनलमा खेलेको थियो । यतिबेला म्याराडोनाको कप्तानीमा रहेको अर्जेन्टिनाले सान पावोलो रंगशालामा आयोजक इटलीलाई हराएको थियो ।

विज्ञापन

म्याराडोनाको निधनपछि यो रंगशालाको नाम फेरेर डिएगो अर्मान्डो म्याराडोना रंगशाला राखिएको छ । युरो विजेता र कोपा विजेताबीचको यस खेलका लागि युईएफए र दक्षिण अमेरिकी फुटबल संघ दुबैले तयारी गरिरहेका छन् ।

१९८६ को विश्वकप विजेता म्याराडोनाको निधन ६० वर्षको उमेरमा गत वर्ष २४ नोभेम्बरमा भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार