होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को कीर्तिमान बनाएका छन्। बुधबार राति विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध दुई गोल गरेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका हुन्। यसअघि रोनाल्डोले गत असारमा भएको युरो कपमा अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका थिए। रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गरेका हुन्। अलीले सन् १९९३ देखि […]
काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]
स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन । सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । […]
क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब फर्कने निर्णय पूर्व प्रशिक्षक एलेक्स फर्गुसनप्रति समर्पित गरेका छन् । उनले भने, ‘जहाँको हुँ, त्यहीँ फर्केको छु । युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । उनी एक दशकअघि युनाइटेडबाटै रियल म्याड्रिड गएका थिए । ३६ वर्षका रोनाल्डोले दुई वर्षको सम्झौता गरेका छन्, यसमा एक वर्ष […]
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म […]
लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मनाउने क्रममा बार्सिलोना शहरको केन्द्रमा मेस्सीको तस्बिर […]
१३ भदौ, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि डेब्यु गर्ने सम्भावना छ । पीएसजीले लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ । अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ । अहिले प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेस्सीलाई […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ ।रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो । यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ ।एम्पाओलीका लागि लिओनार्दो मानकुसोले २१औं मिनेटमा […]
म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले शुक्रबार क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् । ‘युभेन्ट्ससँग क्रिस्टियानो रोनाल्डोलाई सम्झौता गराउन सफल भएको पुष्टि गराउन पाउँदा म्यानचेस्टर युनाइटेड निकै खुसी छ । व्यक्तिगत सर्तहरू, भिसा र मेडिकललगायतका प्रक्रिया पूरा हुन बाँकी छ,’ युनाइटेडले […]
ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् । स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन् । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए […]
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलिएन एम्बाप्पे भित्र्याउन प्रयास थालेको छ । २२ वर्षीय विश्व विजेता फ्रेन्च फरवार्ड एम्बाप्पे सन् २०१७ मा पीएसजीमा अनुबन्ध भएका थिए । उनको स्थानान्तरण रकम १६५.७ मिलियन पाउण्ड बराबरको थियो । एमबाप्पेको सम्झौता पीएसजीमा सन् २०२२ जुनमा सकिँदैछ । त्यसअघि रियलले एम्बाप्पेका लागि […]
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा […]
नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे । जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका […]
काठमाडौँ: नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्। छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गरेका हुन्। उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै […]
रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् । अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी छ । त्यसैले अझै पनि एमबाप्पेलाई क्लबमा भित्र्याउन […]
किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् । यसबाट रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज खुसी देखिएका छन् । एम्बाप्पेका लागि उनले अख्तियार गरेको ‘लामो खेल’ सफल भएको उनको बुझाइ छ र अब एम्बाप्पेलाई अनुबन्ध गर्ने रियलले तयारी […]
काठमाडौं: ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गरेका थिए। […]
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोलले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे । योसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । चेल्सी […]
२ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।मंगलबार राति भएको फाइनलमा बार्यनले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।खेलको ४१ औं मिनेटमा […]
१ भदौं, काठमाडौं । आगामी अक्टोबर नोभम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार यूएई र ओमानमा संयुक्त रुपमा हुने टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । राउण्ड वान अन्तर्गत समूहबी मा रहेको ओमानले पहिलो […]