होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • प्रि सिजन : बार्सिलोनाको सहज जित, मानाजको ह्याट्रिक
खेलकुद

प्रि सिजन : बार्सिलोनाको सहज जित, मानाजको ह्याट्रिक

  • नागरिक रैबार
प्रि सिजन : बार्सिलोनाको सहज जित, मानाजको ह्याट्रिक

७ साउन, काठमाडौं । नयाँ खेलाडीहरुलाई डेब्युको अवसर दिएको प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले सहज जित हासिल गरेको छ ।रे मानाजको ह्याट्रिकमा बार्सिलोनाले बुधबार राति भएको खेलमा तेस्रो डिभिजन क्लब जिम्नास्टिकलाई ४-० ले पराजित गरेको हो ।

बार्साका लागि अर्को गोल एलेक्स कोलाडोले गरे ।खेलको ३८औं मिनेटमा एलेक्सले रातो कार्ड पाएपछि जिम्नास्टिक १० खेलाडीमा समेटिएको थियो । तर पहिलो हाफमा बार्साले गोल गर्न सकेन ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रपेश गरेका मानाज चम्किदा बार्सिलोनाले फराकिलो जित निकाल्यो ।६०औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८५औं मिनेटमा एलेक्सले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

विज्ञापन

त्यसपछि मानाजले ८६औं र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार