होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कोपा च्याम्पियन र युरो च्याम्पियनबीच ‘म्याराडोना सुपर कप’मा भिडन्त !
खेलकुद

कोपा च्याम्पियन र युरो च्याम्पियनबीच ‘म्याराडोना सुपर कप’मा भिडन्त !

  • नागरिक रैबार
कोपा च्याम्पियन र युरो च्याम्पियनबीच ‘म्याराडोना सुपर कप’मा भिडन्त !

युरोपियन महादेशको च्याम्पियन युरो कप विजेता र दक्षिण अमेरिकी महादेशको च्याम्पियन कोपा अमेरिका च्याम्पियनबीच मैत्रीपूर्ण फुटबल खेलाउने प्रस्ताव भएको छ । अर्जेन्टिनाका दिवंगत महान् खेलाडी डिएगो म्याराडोनाको सम्झना र सम्मानमा ‘म्याराडोना सुपर कप’को प्रस्ताव भएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले युरोपियन फुटबल महासंघ (युइएफए) समक्ष यसको औपचारिक प्रस्ताव गरेको छ ।
भर्खरै सकिएको कोपा अमेरिकामा अर्जेन्टिना च्याम्पियन बन्यो भने युरो कपमा इटाली च्याम्पियन बन्यो । यी दुई महादेशस्तरका च्याम्पियनबीच फुटबल इतिहासकै एक महान् खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको सम्झनामा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरिएको हो । यो अहिलेलाई कन्मेबोलद्वारा प्रस्ताव मात्रै हो । यसबारे कुनै औपचारिक निर्णय भइसकेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यस प्रस्तावमा अहिले कन्मेबोल र युइएफएबीच थप छलफल चलिरहेको छ ।

स्मरण रहोस्, इटालियन फुटबलसँग दिंगगत म्याराडोनाको गहिरो भावनात्मक सम्बन्ध छ । उनले त्यहाँको क्लब नापोलीमा लामो समय बिताएका थिए । सोही क्लब तथा इटालियन जनता र त्यहाँको फुटबलसँग म्याराडोनाको खास भावनात्मक सम्बन्ध छ । यसपटक युरो कप इटालीले जितेको संयोग जुरेकै बेला ‘म्याराडोना सुपर कप’को प्रस्ताव गरिएको हो । विगतमा पनि युरो र कोपा विजेताले मैत्रीपूर्ण खेल खेल्ने गरेका थिए ।

कन्मेबोलले अर्जेन्टिना, इटालियन क्लब नापोली मात्रै नभएर फुटबल जगतकै एक महान् १० नम्बर जर्सीधारी खेलाडीप्रति सुन्दर श्रद्धाञ्जली अर्पण गर्नका लागि यो भन्दा राम्रो तरिका नहुने भन्दै ‘म्याराडोना सुपर कप’को कल्पना गरेको हो । म्याराडोनाले आफ्नो करिअरमा युरोपियन क्लब फुटबलमा खेलेको र उनी कन्मेबोल क्षेत्रका खेलाडी भएकाले यी दुई महादेशका च्याम्पियनबीच यो प्रतियोगिता हुनु सार्थक रहने बताइएको छ ।

विज्ञापन

म्याराडोना त्यस्ता खेलाडी हुन्, जसले आफ्नै बल र जोडमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनी स्पेनिस क्लब बार्सिलोना छाडेर सन् १९८४ मा नापोली गएका थिए । उनी नापोली जाँदा सो क्लब तल्लो डिभिजनमा थियो । तर, म्याराडोनकै योगदानमा नापोली शीर्ष लिगमा बढुवा भयो । र, सन् १९८४ देखि १९९१ को बीचमा दुई सिरी ए लिग उपाधि नै जित्यो । म्याराडोनाको गत वर्ष नोभेम्बर २५ मा हृदयघातका कारण निधन भएको थियो । उनको निधनपछि नापोलीले आफ्नो प्रमुख रंगशालाको नाम नै म्याराडोनाको नाममा नामारकण गरिसकेको छ ।

कन्मेबोलले युइएफए समक्ष गरेको प्रस्ताव अनुसार सुपर कप इटाली वा अर्जेन्टिनामध्ये एक स्थानमा गर्न सकिनेछ । खेल अर्जेन्टिनाको राष्ट्रिय रंगशाला वा नापोलीको घरेलु मैदानमा हुँदा बढी भावनात्मक हुने बताइएको छ । यसपटक इटालीले युरो कप जित्दा उसले ५३ वर्षपछि युरोपियन उपाधि जित्यो भने अर्जेन्टिनाले २८ वर्षपछि कोपाको उपाधि जित्यो । इटालीले युरो कपको फाइनलमा इंग्ल्यान्डलाई उसकै घरमा पेनाल्टी सुटआउटमा ३–२ ले जित्यो भने अर्जेन्टिनाले कोपाको फाइनलमा ब्राजिललाई उसकै घरमा ०–१ ले हरायो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार