होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा
खेलकुद

टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

  • नागरिक रैबार
टी-२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान एउटै समूहमा

१ साउन, काठमाडौं । भारत र पाकिस्तान आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी-२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् ।

सुपर–१२ मा रहेका भारत र पाकिस्तान समूह २ मा परेका छन् । यस समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डका शीर्ष दुई टिमले स्थान बनाउने छन् । पहिलो राउण्डको समूह बी विजेता र समूह ए को उपविजेता यस समूहमा रहनेछन् ।

यस्तै समूह १ इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह ए को विजेता र समूह बी को उपविजेता यस समूहमा रहनेछन् ।

विज्ञापन

पहिलो राउण्डको समूह ए मा श्रीलंका आयरल्याण्ड, नेदरल्याण्ड्स र नामिबिया छन् । यस्तै समूह बी मा बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार