होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२७ असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेसी र ब्राजिलका नेमारले स्पेनिस क्लब बार्सिलोनाबाट केही वर्ष संगै खेले । उनीहरुले केही उपाधि सँगै पनि जिते । त्यसपछि नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागे, मेसी बार्सिलोनामै रहे । बार्सिलोनामा रहँदा यी दुईबीच घनिष्टता थियो । तर राष्ट्रिय टिमबाट खेल्दा भने यी दुई एक अर्काका विरुद्ध हुन्थे […]
काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका […]
२३ असार, काठमाडौं । सबैको अपेक्षा अनुसार नै विश्व फटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो । गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ […]
२२ असार, काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो […]
बाकु — युरो २०२० मा डेनमार्कको अद्वितीय यात्रा कायम छ । यसलाई ‘परीको कथा’ भन्न सुहाउँछ । चेक गणतन्त्रलाई हराएर डेनमार्क सेमिफाइनल पुगेको छ । प्रतियोगिताको पहिलो खेलमै हृदयघातका कारण आफ्ना प्रमुख खेलाडी क्रिस्टियन एरिक्सनलाई गुमाएको डेनमार्कले त्यसयताका खेलमा आफूलाई अझ बलियो साबित गरेको छ, कम्तीमा मानसिक पक्षमा । युरो २०२० को क्वार्टरफाइनलमा चेक गणतन्त्रलाई जितेपछि डेनमार्क टोली । […]
२० असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।यही दुई टिम अर्जेन्टिना र […]
१९ असार काठमाडौं । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्युनिकमा भएको खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक […]
१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति […]
एजेन्सी, १७ असार । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको मुख्य दाबेदार हो । तर, विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेर स्वीटजरल्यान्ड उत्साही छ । शारीरिक […]
बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन । जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका […]
१६ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको […]
१५ असार, काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा एमबाप्पेले प्रहार गरेको बल स्वीस गोलकिपर यान सोमेरले बचाए । यसपटक युरोमा एमबाप्पेले एक गोल पनि गर्न सकेनन् […]
१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे । यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए । यी दुई खेलाडी टिममेट मात्र नभएर सहोदर […]
१३ असार, काठमाडौं । युरोकप २०२० को फर्म्याटनै यस्तो छ कि जहाँ सुरुमै ठूला टिमहरु एक आपसमा खेल्नुपर्छ । साविक विजेता पोर्गुलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनीसँग खेलिसकेको छ । फेरि एकपटक पोर्चुगलको लागि अर्को ठूलो टिम विपक्षीको रुपमा छ । उपाधि रक्षाको होडमा अघि बढेको पोर्चुगलको बाटो पक्कै […]
१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]
कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल […]
७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ ।सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि बराबरी गोल […]
विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् ।फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए । […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे । लगातार पाँच संस्करण […]
१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको […]