होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रोनाल्डोले जिते युरो-२०२० को सर्वाधिक गोलकर्ताको अवार्ड
खेलकुद

रोनाल्डोले जिते युरो-२०२० को सर्वाधिक गोलकर्ताको अवार्ड

  • नागरिक रैबार
रोनाल्डोले जिते युरो-२०२० को सर्वाधिक गोलकर्ताको अवार्ड

लन्डन — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो–२०२० सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए । यही युरोमा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन् ।

पोर्चुगल प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।चेक गणतन्त्रका प्याट्रिक सिकले पनि उत्तिकै गोल गरेपछि रोनाल्डोले पोर्चुगलको एक गोलमा पनि भूमिका खेलेको हुनाले अगाडि रहे ।

विज्ञापन

त्यस्तै इटालीका गोलरक्षक जियानलुगी डोनारुमा युरो-२०२० को उत्कृष्ट खेलाडी चुनिएका छन् । उनी फ्रि ट्रान्सफरमा एसी मिलानबाट पेरिस सेन्ट जर्मेन जाँदैछन् । इटालीले फाइनलमा इंग्यान्डमाथि प्राप्त टाइब्रेकर जितमा उनले दुई प्रहार जोगाएका थिए । सन् १९६८ पछि इटालीले युरो जितेको यो पहिलो अवसर हो ।

प्रतियोगितामा उनले तीन खेलमा कुनै गोल खाएनन् र समग्रमा चार गोलको अवसर मात्र दिए । उनले कुल ७ सय १९ मिनेट मैदानमा बिताए र यो कोही पनि खेलाडीका लागि सर्वाधिक समय हो । सन् २०१८ को विश्वकपपछि उनले जियानलुगी बुफोनको स्थानमा इटालीको पोस्ट सम्हालेका हुन् ।

बार्सिलोनाका स्पेनी खेलाडी पेड्री प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी बने । भर्खर १८ वर्षका यी खेलाडी स्पेनले प्रतियोगितामा खेलेका सबै खेलमा एकै मिनेट मात्र गुमाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार