होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बालोन डे ओरका ५ दाबेदार
खेलकुद

बालोन डे ओरका ५ दाबेदार

  • नागरिक रैबार
बालोन डे ओरका ५ दाबेदार

२९ असार, काठमाडौं । विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर उपाधि कसले जित्ला भन्ने चासो बढेको छ । केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ ।

यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका खेलाडी मुख्य दाबेदार बनेका छन् । तर यस व्यक्तिगत अवार्डका लागि दाबेदारको रुपमा रहेका ५ खेलाडी यस प्रकार छन् ।

 

विज्ञापन

लिओनल मेसी

स्पानिस क्लब बार्सिलोनामा सम्झौता सकिएपछि फ्रि एजेन्टको रुपमा रहेका मेसीले पहिलो पटक अर्जेन्टिनाको लागि मुख्य उपाधि जिते । कोपा अमेरिका नजितेको भए मेसी यस अवार्डका लागि मुख्य दाबेदारको रुपमा नरहन सक्थे । तर अर्जेन्टिनालाई २८ वर्षपछि कोपा जिताउँदा मेसीले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि बने ।

गत सिजन बार्सिलोनाका लागि कोपा डेल रे जितेका मेसी ला लिगामा पनि सर्वाधिक गोलकर्ता बनेका थिए ।

जर्गिन्हो

इटालियन मिडफिल्डर जर्गिन्होले युरोकप र युरोपियन च्याम्पियनसिप दुवै जिते । उनले इटलीका लागि युरो जित्नुअघि चेल्सीबाट च्याम्पियन्स लिग जितेका थिए ।

दुवै ठूलो उपाधि जितेका कारण उनलाई पनि दाबेदारको रुपमा हेरिएको छ । त्यसका कारण पनि नापोलीका पूर्व खेलाडी २०२१ को उत्कृष्ट खेलाडी बन्नका लागि लायक हुन सक्छन् ।

ह्यारी केन

यदि इंग्ल्याण्डले युरो २०२० जितेको भए ह्यारी केन बालोन डे ओरका लागि मुख्य दाबेदार बन्न सक्थे । टोटनहमका फरवार्ड केन युरो २०२० मा फर्ममा आउन ढिला गरे । तर उनले नकआउट राउण्ड उत्कृष्ट खेल्दै ४ गोल समेत गरे ।

फाइनलमा भने उनले इटालियन डिफेन्सको खम्बा जर्जियो किलिएनी र लियोनार्दो बोनुचीलाई पार गर्न सकेनन् । केन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

रोवर्ट लेवान्डोस्की

पोलिस फरार्डका लागि युरोकप बिर्सनलायक नै रह्यो । जुन उनको विरुद्धमा गयो । तर बायर्न म्युनिखकबाट खेल्ने लेवान्डोस्कीलाई त्यतिले मात्र जज गर्नु हुँदैन ।

लेवान्डोस्कीले जर्मन बुण्डेसलिगामा २९ खेलबाट ४१ गोल गर्दै कीर्तिमान तोडेका थिए । लिगको उत्कृष्ट खेलाडीमा उनी एर्लिङ हालान्ड भन्दा पछि परेपनि बायर्नका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जर्जियो किलिएनी

इटालियन डिफेण्डर तथा युरो च्याम्पियन टिमका कप्तान किलिएनी बालोन डे ओरका लागि ठूलो दाबेदार हुन नसके पनि युरोमा गरेको प्रदर्शन भने गज्जबको थियो । भेट्रान डिफेण्डर किलिएनी र लियोनार्दो बोनुचीले गोलकिपर जियानलुजी डोनारुम्मा अघि रहेर उत्कृष्ट प्रदर्शन गरे । किलिएनी विना इटलीलाई अपराजित रहेर युरो जित्न गाह्रो हुन्थ्यो ।

सन् २००६ मा विश्वकप विजेता कप्तान इटलीकै फाबियो कानभारोपछि कुनै पनि डिफेण्डरले यो अवार्ड जित्न सकेका छैनन् । यस पटक परिवर्तन हुन सक्छ कि ।

-मार्काको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार