होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी, १७ असार । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ । विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको मुख्य दाबेदार हो । तर, विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेर स्वीटजरल्यान्ड उत्साही छ । शारीरिक […]
बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ । मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन । जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका […]
१६ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको […]
१५ असार, काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् । निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा एमबाप्पेले प्रहार गरेको बल स्वीस गोलकिपर यान सोमेरले बचाए । यसपटक युरोमा एमबाप्पेले एक गोल पनि गर्न सकेनन् […]
१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे । यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए । यी दुई खेलाडी टिममेट मात्र नभएर सहोदर […]
१३ असार, काठमाडौं । युरोकप २०२० को फर्म्याटनै यस्तो छ कि जहाँ सुरुमै ठूला टिमहरु एक आपसमा खेल्नुपर्छ । साविक विजेता पोर्गुलले समूह चरणमै विश्व विजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनीसँग खेलिसकेको छ । फेरि एकपटक पोर्चुगलको लागि अर्को ठूलो टिम विपक्षीको रुपमा छ । उपाधि रक्षाको होडमा अघि बढेको पोर्चुगलको बाटो पक्कै […]
१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]
कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल […]
७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ ।सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो । पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि बराबरी गोल […]
विश्वका धनाढ्य फुटबलको को होलान् ? धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला ।तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन् ।फेइक बोलकिया अहिले २३ वर्षको भए र उनी पोर्चुगलको मारिटिमो क्लबका लागि खेल्छन् । उनी ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् । यी मिडफिल्डरले यसअघि इंलिस क्लब लेस्टर सिटीबाट खेलेका थिए । […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे । लगातार पाँच संस्करण […]
१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको […]
३० जेठ, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज पनि तीन खेल हुँदैछन् । जसमा समूह सी को दुई र समूह डी को एक खेल हुनेछ । समूह डी मा रहेका इंग्ल्याण्ड र क्रोएसियाबीच खेल नेपाली सयम अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । खेल लण्डनस्थित वेम्वली मैदानमा हुनेछ । सधैँ उपाधि दाबेदार भएर पनि अहिलेसम्म […]
‘हाम्रो टिमसँगै धेरै अनुभव छ र हामी सबैसँग भिड्न सक्छौं । हामीसँग रोमेलु लुकाकु वा क्रिष्टियानो रोनाल्डो छैनन् । हाम्रो शक्ति नै टिम हो,’ इटलीका भेट्रान डिफेन्डर लियोनार्दो बनुचीले टर्कीविरुद्धको युरोकपको उद्घाटन खेलअघि दिएको प्रतिक्रिया हो, यो । खासमा इटलीको टोलीमा यसपटक स्टार खेलाडी छैनन् । तर यसको अर्थ उत्कृष्ट प्रतिभा छैनन भन्नु गलत हुनेछ […]
२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । […]
२५ जेठ, काठमाडौं । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे । यसअघि चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै आत्मविश्वासी […]
२४ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली […]
२३ जेठ, काठमाडौं । सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट हुने संघारमा पुगेको जोर्डन अन्तिममा प्लेअफमा उरुग्वेसँग पराजित हुँदै विश्वकप पुग्नबाट वञ्चित भएको थियो । त्यही विश्वकपको लागि दुई लेगको छनोटमा नेपालले जोर्डनसँग खेलेको थियो । जहाँ नेपाल जोर्डनसँग समग्रमा १०–१ गोलले पराजित भएको थियो । त्यो खेल नेपालको लागि बिर्सनलायक […]
२२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पारेको छ । ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको खेलमा नेपालले एक गोल गर्नुका साथै असिस्ट समेत गरे । अर्को गोल रिचालिर्सनले गरे । रिचालिर्सनले ६५औं मिनेटमा नेमारको […]
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर […]