होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनामनगरदेखि थापागाउँ जाने उकालोमा दायाँतिर कफीशाला छ। छेउमै छ रानी कलेक्सन। यो आधुनिक सिजनेबल कपडा पसलमा प्रियारानी लामा भेटिन्छिन्। उनी मिस कस्मपोलिटन वल्र्ड- २०१९ की विजेता हुन्। उनको परिचय यतिले काफी हुँदैन। नेपाल वान टेलिभिजनमा कार्यक्रम प्रस्तोतासँगै माइक्रो बायोलोजीकी विद्यार्थी। ब्युटी प्याजेन्ट तथा फेसन प्रतियोगिताको कोरियोग्राफर, कार्यक्रमकी होस्ट र मोडल पनि। समाजसेवामा पनि काम गर्दै […]
विराज भट्टले निर्माण र निर्देशन गरेको यो बर्षको प्रतिक्षित चलचित्र साङ्लो को पहिलो गीत रिलिज भएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको चरीले काफल बोलको गीतमा राजनराज शिवाकोटी र मिलन अमात्यको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा चलचित्रका मुख्य कलाकार विराज भट्ट र निकिता चाण्डक फिचर्ड छन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका […]
हाँस्यश्रृखला ‘मेरी बास्सै’का चर्चित पात्र ‘बल्छी धुर्बे’को नामबाट पनि फिल्म बन्ने भएको छ । लुम्बिनी मुभि मेकरले यो नामबाट फिल्म निर्माण गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा शुभमूर्हुत गरिएको फिल्म काठमाडौँ र उपत्यकाबाहिर छायाँकन हुने निर्माण युनिटले जनाएको छ । आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे , अर्चना सुवेदी, योजना पुनमगर, […]
धनगढी, १० मंसिर । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ । यो प्रदेशको व्यापार, पर्यटन, औद्योगिक सम्भावनाको प्रबद्र्धन गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि, […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत पाए । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजी भिड्दैछन्। काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन पोखरामा जारी छ। महाविधेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। नयाँ कार्यसमितिका लागि अध्यक्षमा दुईजना भिड्दैछन्। यसअघि दुईपटक चुनाव हारेका लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीबीच प्रतिस्पर्धा हुनेछ। रमेश […]
मलाई छोडि अन्त नाता नजोड त भन्दिन म जीवन जिउने चोखो नाता नतोड त भन्दिन म दोबाटोमा मलाई छोडि तिमि खुसि हुन्छौं भने बसाइ सार यो मनबाट नछोड त भन्दिन म !! महगोलाई खोज्दै हिड मेरो माया सस्तो माने बलगरेर पराईसित तिम्रो नाता नमोड त भन्दिन म त्यो मनलाई यो मनबाट तर्साएर हिडेपछी पराईको बगैंचालाई […]
अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्री श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन बिहे भोजमा पुगेकी थिइन्। उनले सैफको वैवाहिक जीवनको शुभकामना दिँदै भनेकी थिइन्, […]
नेपाल आईडल सिजन २ का बिजेता एवं गायक रवी वड सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त भएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वडलाई पर्यटन दुतमा नियुक्त गरेको हो। महेन्द्रनगरमा शनिबार आयोजना भएको सप्तरंग २ कार्यक्रममा पर्यटन मन्त्री माया भट्टले वडलाई पर्यटन दुतमा रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिईन्। मन्त्री भट्टले पर्यटन वर्ष नेपाल […]
काठमाडौं– बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् । निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् । शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतले यसअघि शिल्पालाई पक्राउ पूर्जी जारी गरेको थियो […]
(१) हिजो घर छोडियो भोलि संसार छोड्नु छ । आफ्नै शरीर सँग आत्माकै नाता तोड्नु छ ।। (२) सास लेउन ए प्रिय जन हतारो केका लागि । खादैको गाँस हिड्दा को बाटो पनि मोड्नु छ ।। (३) टाउँको लुकाउन ज्यान बिसाउन मात्रै पाए । जादैन् साथमा महल दौलतकिन जोड्नु छ ।। (४)ट्रदैन मिति पुगेपछि त […]
प्रथम ढम्कने महाेत्सवमा राजेश पायलद्धारा अभिनित सुन्छु तिमिले मलाइ कभर भिडियो ।
काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिबाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् । गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिबाह तयारीमा जुटेकी छन् । मंसिर अन्तिमसाता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ । ऋचाको बिबाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्लाको गौमुल गाँउपालिकाको सम्पुर्ण भेषभुषा, कला,संस्कृति झल्काउने गरी निर्माण गरिएको मनिसा दानी र गगन बोहराको देउडा गीत गौैमुलको चेलो भिडियो सहित सार्वजनिक भएको छ । राम बहादुर दानीको शब्द संगीत्मा तयार पारिएको उक्त गीतको निदेशन धन बहादुर बि.सीले गर्नु भएको छ भने छायाङ्कन स्वयम राम बहादुर दानीले गर्नु भएको छ । […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बहुचर्चित म्युजिक एरेन्जर तथा सर्जक विनोद बाजुरालीको शव्द तथा लयमा चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डा) को ‘ताउलो’ बोलको टिपिकल देउडा गीत सार्वजनिक भएको छ । आइतवार ‘म्यूजिक नेपाल’ को अफिसियल युट्युव च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।‘ताउलो’ बोलको गीतमा देउडा गायक लाल बहादुर धामी र […]
घोराही । दाङमा बुद्ध-सरयू राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । पहल नेपालको आयोजनामा आगामी पुस ११, १२ र १३ गते चलचित्र महोत्सव हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउने र नेपाली लोककला, रितीरिवाज, गाथा र मौलिक संस्कृतिको संरक्षण […]
पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे । बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ । फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए । अर्कोसाता […]
काठमाडौं, १७ कार्तिक । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो । महोत्सवका लागि गोविन्द नेपाल आउनतय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।नेपाली सांगितिक बजारमा एकपछि अर्को गर्दै निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन् । यसै विच डम्बर विश्वकर्माले पनि सांगितिक बजारमा नयाँ नयाँ गीतहरु सिर्जना गरेर बजारमा ल्याउने क्रम जारी छ । उनले दशैं तिहार पछि आफ्नो ‘डडेलो’ बोलको लोक गीत बजारमा ल्याएका छन् । सुदुरपश्चिम प्रदेशको बिकट जिल्ला बाजुराको बडीमालिका नगरपालिका ७ मा […]
नेपाली लोक दोहोरी र तीज गीतको क्षेत्रका पार्वती राई चर्चित कलाकार हुन् । उनी कुशल डान्सर हुन् । हाल अमेरिकामा बस्दै आएकी उनले ४ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । उनले चलचित्र ‘मेरो जीवनसाथी’ र ‘हम जाएगा’मा पनि अभिनय गरेकी थिइन् । तर उनलाई लोक दोहोरी नृत्यांगनाकै रुपमा चिन्ने गरिएको छ । पार्वतीले […]