होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘साङ्लो’ को गीत छायांकनमा निकितासँग विराजको रोमान्स
मनोरञ्जन

‘साङ्लो’ को गीत छायांकनमा निकितासँग विराजको रोमान्स

  • नागरिक रैबार
‘साङ्लो’ को गीत छायांकनमा निकितासँग विराजको रोमान्स

काठमाडौं – विराज भट्ट स्टारर फिल्म साङ्लोको यतिबेला चर्चा छ । माघ २४ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चण्डकको जोडी देख्न सकिनेछ ।

विराजले फिल्मको प्रचारमा खुलेर साथ दिइरहेका छन् । उनले फिल्म राम्रो बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । ट्रेलर र गीतबाट फिल्मले राम्रो चर्चा बटुलेको छ ।

हालै फिल्मको नयाँ गीत छायांकन गरिएको छ । फिल्मको गीतका केही दृश्य राजधानीमा खिचिएको छ । सुरेश अधिकारीको संगीतमा तयार गीतको भिडियोमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डकलाई देख्न सकिनेछ । यसअघि ‘चरीले काफल टिप्यो’ बोलको गीतमा विराज र निकिताको जोडीलाई दर्शकले रुचाएका थिए ।

विज्ञापन

गीतमा अन्जु पन्त र निशान भट्टराईले आवाज दिएका छन् भने भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको यो फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार