होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
हरेक हप्ता नयाँ नयाँ कथाको साथ प्रसारण भै रहेको हाँस्य टेलि श्रींखला कुरा मात्र भो ले यस पटक देशमा हुने बिकाश सानै उमेर बिबाह गर्नुहुदैन भन्ने सन्देशका साथ ३७ औँ भागमा प्रथमिकता दिएको छ ।
पि.के. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुमा कमल श्रेष्ठ र राम प्रसाद महर्जन निर्माता रहेको सिरियललाई अर्जुन गौतमको निर्देशन गरेका छन । यस एपिसोडमा बिकाशे याेजना र नेताले के गर्छन भन्ने बिषयकाे उठान गरेकाे कथा समेटिएको छ । एनटिभी प्लसबाट प्रसारण भइरहेको हाँस्य टेलिचलचित्र कुरा मात्र भो”३७औँ “भागमा प्रवेश गरेको छ ।
समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । निर्देशक अर्जुन गौतमले भने,सिरियल परिमार्जन गर्दै विकृति विसंगतीलाई चोटिलो प्रहार गरेका कारण सिरियल दर्शकको मनमा बस्न थालेको बताएका छन् ।
यहि सिरियललाई निरन्तरता दिने समेत गाैतमले बताए । सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई ,भोला अधिकारी, धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आलेमगर, लिजा रानामगर, मेनुका गुरूङ,रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।
सिरियलमा समिर राईको छायाँकन छ भने संगीत तथा गायन मिनप्रकाश ओलीको छ । मनिष कार्कीको सम्पादन रहेको सिरियलमा भोला अधिकारीको सह निर्देशन छ । बाकीँ भिडियोमा हेर्नुस :
फेसबुक प्रतिक्रियाहरु