होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • डिबिको ‘नियत’माथी तीन अभिनेत्रीको बहस
मनोरञ्जन

डिबिको ‘नियत’माथी तीन अभिनेत्रीको बहस

  • नागरिक रैबार
डिबिको ‘नियत’माथी तीन अभिनेत्रीको बहस

पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सोमबार सार्वजनिक भएको छ। सोमवार प्रज्ञा भवनमा कमालादीमा एक कार्यक्रमबीच अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले ले उक्त कृति ’नियत’ सार्वजनिक गरेका हुन् ।

पत्रकार खड्काले पुस्ताकमा रंगीन दुनियाँको रंगहीन पाटो उल्लेख गरेका छन् । कलाकारिता क्षेत्रमा प्रवेश गर्दा वा संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका कथाहरूलाई पुस्तकमा समेटेको खड्काको भनाई छ।

कार्यक्रममा अभिनेत्रीहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि आफूले भोगेका तिता मिठा कथाहरु सुनाएका थिए।

विज्ञापन

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेपाल लाइभका सम्पादक नारायण अमृतले यस्ता विषयमा कमै लेखिएको र खड्काले मीठो भाषामा चलचित्र क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए। ’यस्ता विषयमा नेपालमा कमै लेखिएका छन्। डिबीले यस विषयमा गहिरिएर खोतल्ने प्रयास गरेका छन्,’ उनले भने।

लामो समय रंग पत्रकारिता गरेका खड्काको पुस्तकबारे अभिनेत्री रेखाले भनिन्, ’किताब असाध्यै मनपर्यो। जति पटक किताब पढ्यो उति मजा लाग्यो। फिल्म बनाऊँजस्तो लाग्यो। पढ्दै जाँदा रुचिपूर्ण कथा लागे।’

अर्की अभिनेत्री स्वस्तिमाले पुस्तकले आफूलाई गहिरोसँग तानेको बताइन्। ’कहिल्यै किताब नपढ्ने मान्छे म घर जाने बित्तिकै पढेँ। धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुर्व्यवहार भोग्नुपरेन।’

त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएकोमा आफू प्रभावित भएको आशय पोखिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार