होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • रमित ढुंगानाका गुरु राजेश हमाल
मनोरञ्जन

रमित ढुंगानाका गुरु राजेश हमाल

  • नागरिक रैबार
रमित ढुंगानाका गुरु राजेश हमाल

काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए ।

जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो? रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष पुग्नुभयो भने हामी त उहाँभन्दा धेरै जुनियर हौँ । रमितको यो जवाफले एकछिन रमाइलो फैलिएको थियो । राजेश हमालले पनि ठट्टैमा आफू बल्ल २५ वर्ष पुगेको बताउने गरेका छन् । यो रमाइलोलाई फ्यानहरुले पनि रमाइलाका रुपमा लिने गरेका छन् ।

जन्मदिनको अवसरमा भेटिएका रमितले आफ्नो छोरा ओजश्वीलाई नेपाली फिल्ममा डेब्यु गराउन चाहेको पनि खुलाए । रमितका छोरा ओजस्वीले कम्प्युटर इन्जिनियरिङ विषय लिएर अमेरिकामा अध्ययन गरिरहेका छन् ।

विज्ञापन

रमितले छोराले चासो देखाएकाले ‘माया नमार २’ बाट डेब्यु गराउन चाहेको बताए । उनले भने, ‘छोराको आफ्नै चाहनाले फिल्ममा डेब्यु गराउने योजना बनाएका हौं ।’

फिल्मका लागि ओजश्वी अझै तयार नभएको र यसका लागि समय लाग्ने पनि रमितले बताए । रमितले वि‍.सं. २०६१ मा ‘माया नमार’ नामक फिल्मबाट फिल्म उद्योगमा डेब्यु गरेका थिए । उनी त्यतिबेला १९ वर्षका थिए ।

लामो समय नेपाली फिल्म क्षेत्रमा सक्रिय रमित पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । उनलाई अब फिल्म ‘राजा साहेब’ मा देख्न सकिनेछ ।खबरहववाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार