होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
मनोरञ्जन

प्रिय मार्क्स

  • नागरिक रैबार
प्रिय मार्क्स

तिम्रा तस्वीरहरुलाई अहिले
गधा र बाँदरहरुले घेरिरहेछन् ।

मैले तिम्रो तस्वीरमा
माल्यार्पण गर्न सकिन ।

गधा र बाँदरहरुको घेराबाट बाहिर
अलि टाढा उभिएर
प्रिय मार्क्स
म तिम्रो
संकटग्रस्त तस्वीर टोलाइरहेछु ।

विज्ञापन

कुनै पनि बेला
ती बाँदरहरु
गधाहरुको ढाड चढ्नेछन्
र च्यात्ने छन् तिमीलाई ।

म त एउटा निहत्था
गरिब मान्छे हुँ
प्रिय मार्क्स
जो तिमीले युगौँअगाडि
देखाएको डकुमेन्ट्री हेरेर
सुख पाउने प्रतीक्षामा छ ।

त्यसकारण प्रिय मार्क्स
मलाई अहिले
बाँदर र गधाहरुको घेराभित्र रहेको
तिम्रो तस्वीरको चिन्ता छ ।

आफूलाई बचाऊ
प्रिय मार्क्स
तिमी बाँच्यौ भने
मेरो आशा पनि बाँचिरहन्छ
तिम्रो तस्वीर पनि बाँचिरहन्छ ।

प्रिय मार्क्स
तिमी पर्वत हौ
र म सिसिफस ।

लेप्टरिभ्युबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै