होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ […]
नागरिक रैबार/बाजुरा २४ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिले वडा दशैं तथा दिपावलीको अवसरमा गरेको चियापान कार्यक्रममा देउवा पक्षका नेताहरु सहभागि भएनन् । भर्खरै सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट पौडेल पक्षबाट सभापति सहित कार्य समितिमा रहेको बहुमत पक्षले आईतबार मार्तडीमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा देउवा पक्षका नेताहरुको न्युन सहभागिता रहेको थियो । […]
नागरिक रैबार/बाजुरा २२ असाेज । बाजुराकाे सदरमुकाम मार्तडीबाट बल्दै जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । शुकझसाँझ मार्तबाट बल्दै जाँदै गरे बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । घाईते […]
नागरिक रैबार/बाजुरा२२असाेज। नेपाली काँग्रेस बाजुराकाे जिल्ला कार्यसमितिको मतगणना सम्पन्न पछि अहिले महाधिवेशन प्रतिनिधिहरूकाे मत गणना भईरहेकाे छ । जसमा अहिलेसम्म ६ सय मतगणना गरिएकाे निर्वाचन समितिले बताएकाे छ । निर्वाचनमा जिल्लाभरका १२ सय ५ जना प्रतिनिधिहरूले मतदान गरेका थिए । हेर्नुहाेस कसकाे कति मत छ । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुह १. उमा […]
नागरिक रैबार/बाजुरा २२ असोज। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको साताैँ जिल्ला अधिवेशनले निर्वाचन गरेर जिल्लाको नेतृत्व चयन गरिसकेकाे छ । जसमा पार्टी सभापतिमा रामसिंह रावल सहित जिल्ला कार्य समितिका पदाधिकारीहरु चयन भइसकेका छन् । जिल्लाको मत परिणाम सार्वजनिक भइसकेपछि अहिले काँग्रेसको महाधिवेशनका लागि गरिएको निर्वाचनको मतगणना भइरहेको छ । अधिवेशनमा जिल्लाभरका १२ सय १२ […]
नागरिक रैबार/बाजुरा २२ असाेज। बाजुरा काँग्रेसको अन्तिम मतगणना सक्किएको छ । तीन जना सभापतिका उम्मेदवारमध्य पहिलो चरणमा ५१ प्रतिशत कुनै उम्मेदवारले ल्याउन नसके पछि दोश्रो चरणको मतदान बिहिवार १ बजे सुरु भएर राती झन्डै ८ बजेसम्म भएको थियो । राती १ बजेबाट मतगणना सुरू भएर बिहान ६ बजे सक्किएको थियो । पहिलो चरणको मतदानमा १२०५ […]
नागरिक रैबार/बाजुरा २२ असाेज। नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमितिको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। आज बिहान आएको मतपरिणाम अनुसार खड्काले एक ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। रावल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। उनी त्रिवेणी नगरपालिकाका नगर प्रमुख समेत रहेका छन् । उनले सभापतिका अर्का उम्मेदवार कविराज पण्डितलाई हराएका हुन्। पंण्डितले […]
नागरिक रैबार बाजुरा २१ असाेज नेपाली काँग्रेस जिल्ला कार्यसमितिकाे सभापतिका लागि गरिएकाे दाेस्राे चरणकाे मतदान सम्पन्न भएकाे छ । बिहिवार दिउसाेबाट सूरू भएकाे दाेस्राे चरणकाे मतदान साँझ ८ बजे सम्पन्न भएकाे हाे । पहिलाे चरणकाे मतदानमा जिलाभरका १२ सय १२ जना मध्ये १२ सय ५ जनाले मतदान गरेका थिए भने दाेस्राे चरणकाे मतदानमा ११ सय […]
नागरिक रैबार/बाजुरा २१ असोज । नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु भएको छ । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान सूरु भएको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको निर्वाचनमा सभापति […]
नागरिक रैबार बाजुरा २१ असाेज। नेपाली काँग्रेस बाजुराकाे सभापतिमा उम्मेद्वार रहेका चक्र शाहले अब हुने दाेस्राे निर्वाचनमा सभापतिमा रामसिहं रावललाई सहयाेग गर्ने घाेषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गरेर अब हुने दाेस्राे चरणकाे निर्वाचनमा रामसिंह रावलाई सभापतिमा सहयाेग गर्ने घाेषणा गरेका हुन् । पहिलो निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमको पक्षमा […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। जिल्लामा जम्मा १ हजार २ सय १२ […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेसको ७ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको नेतृत्व चयनका लागि उम्मेदवार विच आपसी सहमति हनु नसकेपछि मंगलबार विहानबाट मतदान गरिएको थियो । अधिवेशनमा जिल्ला भरका १२ सय १२ मध्ये १२ […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका चक्र शाहको टिम निर्णायक हुने भएको छ । विहिबार विहान आएको मतपरिणाम अनुसार सभापतिका लागि कविराज पण्डितको पक्षमा ४७९, रामसिंह रावल ४ सय ४७४ र चक्र शाहले १ सय ५२ मत पाएका थिए । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको उप-सभापतिमा पदम बडुवाल विजयी भएका छन् । बडीमालिका नगरपालिकाका नगर प्रमुख समेत रहेका बडुवालले सवै भन्दा बढी ७ सय ५६ मत ल्याएर उप-सभापतिमा विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा अर्का नारायण पाध्यायले ७ सय ४८ मत ल्याएर बिजयी भएका छन । उपसभापति २ वटा पदका लागि ३ जनाको […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि गरिएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । बुधबार विहानबाट सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका कविराज पंडितको पक्षमा ४ सय ८९ र पौडेल पक्षका उम्मेदवार रामसिंह रावलको पक्षमा ४ सय ७४ मत पाएका छन् । […]
नागरिक रैबार बाजुरा २० असाेज नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराकाे नयाँ नेतृत्व चयनका लागि गरिएकाे निर्वाचनकाे पछिल्लो मतगणना सार्वजनिक भएकाे छ । बुधबार विहानदेखि सूरू भएकाे मतगणना अनुसार सभापति पदमा अहिलेसम्म देउवा पक्षका कविराज पंण्डित पाैडेल पक्षका रामसिंह रावललाई १४ मतले पछाडि पार्दै अगाडि देखिएका हुन्। अहिलेसम्म ६ सय १ मतगणना गर्दा सभापति पदका […]
नागरिक रैबार बाजुरा २० असाेज बाजुराबाट पहिलाेपटक राजधानीमा एन्फा फुटवल खेल्न गएकाे रानिवन स्पाेटर्स् क्लव फाईनलमा प्रवेश गरेकाे छ । बुधार दिउसाे एन्फाग्राउण्ड सातदोबाटोमा भएकाे सेमिफाइनल खेलमा भ्याली ईगल क्लव भक्तपुरलाई शुन्यका विरुद्ध ३ गोल गर्दै फाइनल प्रवेश गरेकाे हाे। आज भएकाे खेलमा किरण बोहराले २ र कुबेर सिंहले १ आफ्नाे पक्ष्यमा गाेल गरेका थिए […]
नागरिक रैबार/बाजुरा २० असोज । नेपाली काँग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा उम्मेदवारविच सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि मंगलबार गरिएको निर्वाचनमा कुल १ हजार २ सय १२ मध्ये १२ सय पाँच मत खसेका थिए । निर्वाचन भएको दोस्रो दिन बुधबार विहानबाट मतगणना सूरु गरिएको थियो । गणना सूरु गरेको ४ घण्टापछि ३०१ मत गणना गर्दासम्म […]
नागरिक रैबार/बाजुरा २० असोज । बाजुरामा यस वर्ष पनि ठुला- ठुला राँगालाई एक आपसमा जुधाएर दशैँको शुभारम्भ गरिने भएको छ । दसैंको अवसरमा राँगा जुधाएर दशैँको शुआरम्भ गर्नु बाजुरेलीहरुको आफ्नै प्रचनल हो । बाजुरामा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै स्थानीयहरुले विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । वल्लो […]
नागरिक रैबार/बाजुरा १९ असाेज। बाजुरामा नेपाली काँग्रेसका कार्यकर्ता र प्रहरीबीच दाेहाेराे झडप भएको छ । नेपाली काँग्रेसकाे मतदान प्रकृया सम्पन्न पछि मतगणनाका लागि तयारी गर्ने क्रममा मतदान स्थलमा प्रहरी र काँग्रेस कार्यकर्ताविच झडप भएकाे हाे । काँग्रेस कार्यक्रताहरूले मदिरा सेवन गरी मतगणना स्थलमा जान लाग्दा प्रहरीले राेकेकाे बिषयलाइ लिएर प्रहरी र काँग्रेस कार्यकर्ताविच दाेहाेराे झडप […]