होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • बाजुरामा राँगा जुधाएर वडा दशैंको शुभारम्भ गरिदै
प्रचलन

बाजुरामा राँगा जुधाएर वडा दशैंको शुभारम्भ गरिदै

  • नागरिक रैबार
बाजुरामा राँगा जुधाएर वडा दशैंको शुभारम्भ गरिदै

नागरिक रैबार/बाजुरा २० असोज । बाजुरामा यस वर्ष पनि ठुला- ठुला राँगालाई एक आपसमा जुधाएर दशैँको शुभारम्भ गरिने भएको छ ।
दसैंको अवसरमा राँगा जुधाएर दशैँको शुआरम्भ गर्नु बाजुरेलीहरुको आफ्नै प्रचनल हो ।

बाजुरामा प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै स्थानीयहरुले विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । वल्लो पल्लो गाउँका थुप्रै जोडी राँगा आपसमा जुधाएर प्रतिस्पर्धा गराइन्छ यो बाजुरेलीबासीहरुको पुरानो परम्परा हो ।

जिल्लाको सदरमुकाम मार्तडीका स्थानीयबासीले विशेष गरेर दशैको पहिलो दिन घटस्थापनाको दिन सवैको घरघरमा जमरा राख्ने र दिउसो राँगाहरुलाई जुधाएर रमाइलो गर्ने प्रचलन छ ।

विज्ञापन

जिल्लामा घटस्थापनाको अघिल्लो दिन औंसीदेखि दसैं अवधिभर बाजुराको विभिन्न क्षेत्रमा राँगा जुधाएर रमाइलो गर्ने चलन छ । सदरमुकाम मार्तडीसहित बाह्रबिस, गुदुखाती लगायत क्षेत्रमा समेत घटस्थापनाको दिन राँगा जुधाएर रमाइलो गरिन्छ ।

जिल्लाको सदरमुकाम मार्तडी नजिकैको बाहुली बगरमा राँगाहरुलाई जम्मा गरेर एक आपसमा जुुधाएर दशै पर्वको सूरुवात संगै रमाईलो गर्नु यहाँका बासिन्दाको पुरानो चलन हो । पुरानो बाउबाजेका पालादेखि नै राँगाहरुलाई एकआपसमा जुधाउने प्रचलन रहिआएको छ ।

राँगा जुधाई खेलमा जित्ने राँगा र गाउँवासीको शाननै बेग्लै हुन्छ । साथै जित्ने राँगाको मूल्य वृद्धि हुन्छ भने राँगो पाल्ने मालिक र उनको गाउँको सबैको इज्जत बढेको मानिन्छ । त्यस्तै हार्ने राँगाको मूल्य पनि घट्ने र ईज्जत पनि घट्ने स्थानीयको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार