होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ३१, २०७८
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको रानीवन स्पोर्टस् क्लव विजयी
Breaking News

बाजुराको रानीवन स्पोर्टस् क्लव विजयी

  • नागरिक रैबार
बाजुराको रानीवन स्पोर्टस् क्लव विजयी

नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ । रानीवनले सोमबार दिउसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । रानीवन याे खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन सफल भएकाे छ ।

आज भएको खेलमा रानीवन स्पोर्ट्स क्लबका लागि जर्सी नम्बर १८ का सन्दिप कुँवरले १ वटा उत्कृष्ट गोल गरेका थिए । आज भएको फाईनल खेलमा कुँवर खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

बाजुराबाट १ हजार किलोमिटरको यात्रा गरेर पहिलोपटक राजधानीमा एन्फाद्धारा आयोजना गरिएको सि डिभिजन फुटबल खेलमा सूरु देखि नै उत्कृष्ठ खेल प्रर्दशन गर्दै फाईनलमा प्रवेश गरेको थियो । खेलमा देशभरका ७८ वटा टिम सहभागि भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार