होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पार्टी सभापतिका लागि चक्र शाहको टिम निर्णायक हुने
समाचार

पार्टी सभापतिका लागि चक्र शाहको टिम निर्णायक हुने

  • नागरिक रैबार
पार्टी सभापतिका लागि चक्र शाहको टिम निर्णायक हुने

नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका चक्र शाहको टिम निर्णायक हुने भएको छ ।

विहिबार विहान आएको मतपरिणाम अनुसार सभापतिका लागि कविराज पण्डितको पक्षमा ४७९, रामसिंह रावल ४ सय ४७४ र चक्र शाहले १ सय ५२ मत पाएका थिए ।

पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि अव पुनः सभापतिका लागि दोस्रो पटक मतदान हुने भएको छ । पहिलो निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमको मत अव निणर्ायक हुने देखिएको छ ।शाहको पक्षमा १ सय ५२ मत आएको थियो ।

विज्ञापन

यसरी हेर्दा दोस्रो पटक सभापतिका लागि हुने निर्वाचनमा शाहको टिमले दुईटिम मध्ये एकटिमलाई सहयोग गरेमा पंडित अथवा रावल सभापतिमा विजयी हुने छन् ।

नेता शाह देउवा पक्षका समर्थक रहेको भनिएपनि उनले अधिवेशनमा स्वतन्त्रबाट सभापति सहितको टिम लिएर चुनावी मैदानमा उत्रेका थिए । जिल्ला अधिवेशनको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधि मध्ये १२ सय ७ जनाले मतदान गरेका थिए । सभापतिका लागि ५१ प्रतिशत मत नपुगेपछि पुन निर्वाचन हुने भएको छ । निर्वाचन आज १ बजेबाट हुने तयारी गरिएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार