होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराको चियापन कार्यक्रममा देउवा पक्षका नेता गएनन्
समाचार

काँग्रेस बाजुराको चियापन कार्यक्रममा देउवा पक्षका नेता गएनन्

  • नागरिक रैबार
काँग्रेस बाजुराको चियापन कार्यक्रममा देउवा पक्षका नेता गएनन्

नागरिक रैबार/बाजुरा २४ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिले वडा दशैं तथा दिपावलीको अवसरमा गरेको चियापान कार्यक्रममा देउवा पक्षका नेताहरु सहभागि भएनन् ।

भर्खरै सम्पन्न ७ औं जिल्ला अधिवेशनबाट पौडेल पक्षबाट सभापति सहित कार्य समितिमा रहेको बहुमत पक्षले आईतबार मार्तडीमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा देउवा पक्षका नेताहरुको न्युन सहभागिता रहेको थियो ।

कार्यक्रम सूरु भएको १५ मिनेटपछि मात्रै हलमा पुगेका निवर्तमान पार्टी सभापति कविराज पंडित ५ मिनेटमात्रै हलभित्र बसेर बाहिर निस्किएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्न सचिव तिलकराज पुरीले आग्रह गरेको भएपनि निवर्तमान पार्टी सभापतिले ठाडै अस्वीकार गर्दै हलबाहिर निस्किएका थिए ।

विज्ञापन

कार्यक्रममा पौडेल-सिटौला पक्षका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डे, पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, पार्टी सभापति रामसिंह रावल, जिल्ला समन्वय समिति प्रमुख एंव नेता नरेन्द्र कुमार रोकाया, एकिकृत समाजवादी बाजुरा अध्यक्ष गगन रावल, एमाले नेता अमर खड्का, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत सहभागि भएका थिए ।

कार्यक्रम समापनपछि हलबार भेटिएका देउवा पक्षका एकजना नेताले भने आफुहरुलाई यो कार्यक्रममा नबोलाएको हुँदा हामी सहभागि हुन् सकेनौ, नबोलाएको कार्यक्रममा जाने कुरा पनि भएन उनले भने ।

भर्खरै सम्पन्न नेपाली काँग्रेस बाजुराको सातौं जिल्ला अधिवशेनबाट आएको नयाँ नेतृत्वमा पौडेल सिटौला पक्षको स्पष्ट बहुमत छ । महाधिवेशन प्रतिनिधि देखि वडा, पालिका क्षेत्रमा पौडेल पक्षकै नेतृत्व देखिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रका सभापति भने देउवा पक्षका छन् । बाजुरामा सातौं जिल्ला अधिवेशनमा पौडेल पक्षका बहुमत आएपछि देउवा पक्ष रुष्ट भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार