होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराको कार्य समितिमा को-को भए विजयी (हेर्नुस)
समाचार

काँग्रेस बाजुराको कार्य समितिमा को-को भए विजयी (हेर्नुस)

  • नागरिक रैबार
काँग्रेस बाजुराको कार्य समितिमा को-को भए विजयी (हेर्नुस)

नागरिक रैबार/बाजुरा २१ असोज।  नेपाली काँग्रेस बाजुराको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेसको ७ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

जिल्लाको नेतृत्व चयनका लागि उम्मेदवार विच आपसी सहमति हनु नसकेपछि मंगलबार विहानबाट मतदान गरिएको थियो । अधिवेशनमा जिल्ला भरका १२ सय १२ मध्ये १२ सय ५ जनाले मतदान प्रक्रियामा मतदान गरेका थिए ।

विहिबार विहान अन्तिम मतपरिणाम सार्वजनिक गर्दा सभापतिका उम्मेद्धार कबिराज पण्डितको पक्षमा ४ सय ८९ मत, रामसिंह रावलको पक्षमा ४ सय ७४ मत र स्वतन्त्र उम्मेद्धार चक्र शाहको पक्षमा १ सय ५२ मत पाएका छन् ।

विज्ञापन

निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापति सहितको टिम रहेको थियो भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको थियो । त्यस्तै स्वतन्त्र टिमबाट चक्र बहादुर शाहको टिम रहेको थियो ।

निर्वाचनमा पार्टी सभापतिका लागि भने ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि अव पुनः सभापतिका लागि दोस्रो पटक मतदान हुने भएको छ ।निर्वाचन आज १ बजेबाट हुने तयारी गरिएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।

नव निर्वाचित कार्य समितिका पदाधिकारीहरू यी हुन ।

उपसभापतिः पदम बडुवाल, नारायण पाध्याय
सचिवः तिलक पुरी, भरत बहादुर रोकाया
सह-सचिवः कृष्णराज पाध्याय, सुरेन्द्र बहादुर सिंह

जिल्ला कार्यसमिति सदस्य पालिकाबाट खुला
१ कृष्णराज उपाध्याय धनलाल पाध्याय,प्रेम बहादुर थापा, बल बहादुर थापा,जुद्व बहादुर अयडि,राजेन्द्र खत्री, छत्र बहादुर मल्ल र नृपराज खत्री, गणेश बहादुर थापा, खड्गमल धराला, भिमानन्द पाण्डे निर्विरोध,कुम्भनाथ योगी,हिक्मत बहादुर बुढा ।

जिल्ला कार्यसमिति सदस्य पालिकाबाट महिला

सुर्जादेवि, रावल,कलादेवि बडुवाल,करिष्मा ऐडी,रामु पाण्डे,धर्मा बुढा,पार्वती कुँवर,अप्सरा शाही,दानादेवि उपाध्याय, पद्मा सार्की,

खस आर्य समानुपातिकबाटः

गिता कुमारी गिरी,चन्द्रा देवि बुढा,जयन्ती सिंह हमाल,नर्मा रेग्मी, रमा कुमारी रावल

खस आर्य खुलाबाटः

अन्तिम बहादुर शाहि,अशोक कुमार दानी,कपुर अधिकारी,जयन्द्र शाह,देव बहादुर रोकाया,मोहन बहादुर भाट,जनजाती बाट तनी थापा भोटे दलितबाट गिता नेपाली,विरभान ल्वार, साइमल ल्वार अपांगबाटः कृष्ण कुमार गिरी र प्रदेश अधिवेशन प्रतिनिधि अपागंताबाट व्यक्तिबाट डबल बहादुर थापा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार