होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु
समाचार

बाजुरामा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु

  • नागरिक रैबार
बाजुरामा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु

नागरिक रैबार/बाजुरा २१ असोज । नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु भएको छ ।

पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान सूरु भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा सभापति पदमा तिन जना उम्मेदवारहरु मध्ये कसैलेपनि ५१ प्रतिशन ल्याउन नसकेपछि सभापतिका लागि दोस्रो चरणको मतदान सूरु भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताएका छन् ।

विज्ञापन

पहिलो चरणको निर्वाचनमा सभापतिका लागि देउवा पक्षबाट कविराज पंडित, पौडेल पक्षबाट रामसिंह रावल र स्वतन्त्रबाट चक्र शाह उम्मेदवार रहेका थिए । पहिलो चरणको मतगणना सम्पन्नपछि सभापतिमा कविराज पंण्डितले ४ सय ८९ रामसिंह रावलले ४ सय ७४ र स्वतन्त्र उम्मेदवार चक्र शाहले १ सय ५२ मत पाएका थिए ।

No description available.

यस अघि भएको निर्वाचनमा नेपाली काँग्रेसका १२ सय १२ जना प्रतिनिधिहरु मध्ये १२ सय ५ जनाले मतदान गरेका थिए । तर पहिलो चरणको निर्वाचनमा मतदानमा भाग लिएका अधिकाँस प्रतिनिधिहरु घर गएकाले दोस्रो चरणको निर्वाचनमा सवै प्रतिनिधिहरु सहभागि नहुने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार