होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस बाजुराकाे दाेस्राे चरणकाे मतदान सम्पन्न, ११ सय ८२ मत खस्याे
समाचार

काँग्रेस बाजुराकाे दाेस्राे चरणकाे मतदान सम्पन्न, ११ सय ८२ मत खस्याे

  • नागरिक रैबार
काँग्रेस बाजुराकाे दाेस्राे चरणकाे मतदान सम्पन्न, ११ सय ८२ मत खस्याे

नागरिक रैबार
बाजुरा २१ असाेज
नेपाली काँग्रेस जिल्ला कार्यसमितिकाे सभापतिका लागि गरिएकाे दाेस्राे चरणकाे मतदान सम्पन्न भएकाे छ । बिहिवार दिउसाेबाट सूरू भएकाे दाेस्राे चरणकाे मतदान साँझ ८ बजे सम्पन्न भएकाे हाे ।
पहिलाे चरणकाे मतदानमा जिलाभरका १२ सय १२ जना मध्ये १२ सय ५ जनाले मतदान गरेका थिए भने दाेस्राे चरणकाे मतदानमा ११ सय ८२ जना प्रतिनिधिले मतदान गरेकाे निर्वाचन समितिले बताएकाे छ ।
पहिलाे चरणकाे निर्वाचनमा सभापति पदमा ५१ प्रतिशत मत कसैले नपाएपछि आज सभापतिका लागि पुनः मतदान गरिएको थियाे ।
सभापतिमा पहिलाे चरणकाे निर्वाचनमा उम्मेदवारी दिएका कविराज पंण्डित ४ सय ८९ , रामसिंह रावल ४ सय ७४ र स्वतन्त्रबाट उम्मेदवारी दिएका चक्र शाहले १ सय ५२ मत पाएका थिए ।
दाेस्राे चरणकाे निर्वाचनमा जिल्ला सभापतिका लागि देउवा पक्षका कविराज पण्डित र पाैडेल पक्षका रामसिंह रावल चुनावी मैदानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार