होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् । ‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् […]
नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र अझै सूरु हुन सकेको छैन् । शुक्रबार उद्धघाटन् भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र आज शनिबार विहान ११ बजेबाट हुने भनिएको थियो । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन नसकेको […]
आहुती । विचार । नेकपा (एमाले) को दसौं महाधिवेशन सकेर देशभर जिल्ला अधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै […]
नागरिक रैबार बाजुरा २३ पुस । ऐतिहासिक देउडा गीत बाजुुरा बैकुण्ठ रैछ भिडियो सहित सार्वजनिक भएको छ । बाजुरा जिल्लाको भुव, चाली, गौरा, देउडा, जिउनापुरी, अनन्ते जस्ता लोप उन्मुख संकृतिहरु गीतमा समेटिएका छन । शुदुरपश्चिमका प्रख्यात साहित्यकार राजेन्द्र शाह वि.पी.र कोकिलकण्ठी आवाजका धनी प्रकाश थापाको संयुक्त शब्द संगीत सृजनामा सृङ्गारिएको सो गितमा अहिले सम्मकै मौलिक पहिचानका […]
नागरिक रैबार बाजुरा २३ पुस । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन गर्न लागेको नेकपा एमाले बाजुराले जनाएको छ । जिल्ला अधिवेनशका लागि तयारी पुरा भएको नेकपा एमाले प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार […]
नागरिक रैबार बाजुरा २२ पुस । प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन आज मार्तडीमा सूरू भएकाे छ । अधिवेशनकाे एमालेका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । प्रेस चाैतारी बाजुराकी संयाेजक नन्दा थापाकाे अध्यक्षतामा सूरू भएकाे जिल्ला अधिवेशनमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यसै गरि विशिष्ट अतिथिमा […]
उमेश रोकाया/बाजुरा १८ पुस। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा रहेको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान गरिएको छ । सौर्य उर्जाको सहयोगमा उक्त विद्यालयमा १ किलोवाट क्षेमताको सोलार जडान गरिएको हो ।यस अघि विद्युत नभएकै कारण विद्यालयमा समस्या हुने गरेको थियो । सोलार जडानपछि विद्यालयलाई सजिलो भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनु भएको छ […]
नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १७ पुस। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट बाजुराका नेता काँशी विक सिफारिस भएका छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेको तर्फबाट बाजुराका नेता काँशी विकसहित ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले बताएका छन् । उनका अनुसार […]
नागरिक रैबार/बाजुरा १६ पुस। बाजुरा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा जंग विक चयन भएका छन् । बाजुरा सामुदायिक सिकाई केन्द्र बाजुराको तेस्रो जिल्ला अधिबेशनबाट विक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । सिकाई केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बिकको अध्यक्षतामा शुक्रबार संचालन भएको अधिबेशनले निबर्तमान सचिव जंग बिकलाई अध्यक्षमा सर्बसम्बत चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाअध्यक्षमा लक्ष्मीराज […]
नागरिक रैबार/बाजुरा १६ पुुुस।जिल्लाको बडीमालिका नगरपालिका ९ का प्रेम थापा बेपत्ता भएका छन् । बाजुराको बडीमालिका ९ घर भई हाल धनगढी बस्दै आएका ४२ वर्षिया थापा बेपत्ता भएका हुन् । थापा घरबाट एक जोड लुगा र मोबाइल बाहेक केहि नलिइ सम्पर्क विहिन भएको उनकी श्रीमति गंगा थापाले बताएकि छन् । थापाकी श्रीमतिका अनुसार पुस १२ […]
नागरिक रैबार/बाजुरा १६ पुस। सुदूरपश्चिम प्रदेश सरकारले बाजुरासहित तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार बाजुरा, अछाम र बझाङ गरि तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो। पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका […]
नागरिक रैबार/बाजुरा १५ पुस। जिल्लाको बुढीगंगा नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर संचालन गरिने भएको छ । बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा र गेटा आँखा अस्पताल कैलालीको सयुक्त आयोजनामा यही पुस २८ र २९ गतेका दिन टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन हुने बुढीगंगगाका स्वास्थ्य संयोजक दिपक शाहले बताएका छन् । शिविरमा आँखा उपचारमा आउने विरामीहरुको मोतिया […]
नागरिक रैबार/बाजुरा १५ पुस।जिल्लाको सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि बडीमालिका नगरपालिकाले जग्गा छनोट गर्न लागिरहेको छ । जिल्लाका खेलाडीहरुलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि २ करोड रकम विनियोजन गरेको छ । सदरमुकाम मार्तडीमा खेलमैदान निर्माण गर्न बडीमालिका नगरपालिकाले उपयुक्त ठाउँमा मैदान बनाउने गरी जग्गाको सम्भावित अध्ययन गरिरहेको छ […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुरामा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध मंगलबार देखि सुरु भएको बर्षाले पहिरो जादा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध रुपमा रहेको मुख्य राजमार्ग साफे मार्तडी सडक अबरुद्ध भएको छ । हिमपात संगै बर्षाका कारण बल्देमा पहिरो जादा बाजुराको यातायात अबरोध भएको छ । त्यसै गरी हिमपातका मार्तडी कोल्टी सडक पनि […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा १३ पुस।जिल्लाको गौमुल गाउँपालिकामा एक दिने वृहत कृषि तथा खाद्य मेला कार्यक्रम साेमबार सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको कृषि विकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरासहित विभिन्न संघसंस्थाको सहयोग तथा समन्वयमा उक्त एकदिने कृषि तथा खाद्य मेला कार्यक्रम सम्पन्न भएको हो । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडीवुटि […]
नागरिक रैबार बाजुरा १२ पुस । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेकाे एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ । पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेकाे स्थानीय बासिले जानकारी दिएका छन्। पसलमा आगलागी आइतबार साझ करिव ९:३० मा रहेको […]