होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सुप्रिम मल्ल ‘‘द भ्वाइस किड्स’ को टप ८ मा प्रवेश
बाजुरा बिशेष

बाजुराका सुप्रिम मल्ल ‘‘द भ्वाइस किड्स’ को टप ८ मा प्रवेश

  • नागरिक रैबार
बाजुराका सुप्रिम मल्ल ‘‘द भ्वाइस किड्स’ को टप ८ मा प्रवेश

नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको हिमाली गाउँपालिका वडा नं. ६ धिमका ९ वर्षिया सुप्रिम मल्ल ठकुरी द भ्वाईस अफ किड्सको टप ८ मा पर्न सफल भएका छन् ।

‘द भ्वाइस किड्स’ को हिजो शनिबार साँझ भएको १८ औं एपिसोड सेमिफाइनलबाट बाजुराका सुप्रिम मल्ल ठकुरी कोच राजु लामाको टिमबाट टप ८ मा पर्न सफल भएका हुन् ।

बाजुरा जिल्लाको दुर्गम गाउँ हिमाली गाउँपालिका वडा न वडा न ६ धिममा जन्मिएका मल्लले ‘द भ्वाइस अफ किड्स’ को सूरुवात देखि नै उत्कृष्ठ प्रस्तुति दिदै आएका थिए । उसो त सुप्रिमको स्वरमा यस अघि लाइभ दोहोरी लगाएत विभिन्न गीतहरुमा आवाज दिइसकेका छन् ।

विज्ञापन

९ बर्षको उमेरमै ‘द भ्वाइस किड्स’ को चर्चित रियालीटी गायन सो मा प्रवेश गरेका सुप्रिम मल्ल ठकुरीले ब्लाइण्ड अडिसनबाट कोच राजु लामाको टिमबाट ‘द भ्वाइस किड्स’को यात्रा अगाडि बढाएका थिए । आगामी यात्रामा सुप्रिमलाइ दर्शकहरुले अत्याधिक भोट दिएमा उनी भ्वाइस किड्सको टप ८ बाट फाइनलको यात्रा तय गर्ने छन् ।

६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आगामी शनिबार अन्तिम हुनेछ । प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको शो मा बालवालिकाहरुले आ-आफ्नो गायन प्रतिभा सो गर्दै आएका छन् । शुक्रबार कोच प्रविशा अधिकारी र मिलन नेवारको टिमबाट ८ मध्ये ४ जना र शनिबार भएको कोच राजु लामा र कोच प्रमोद खरेलको टिमबाट ८ जना मध्ये ४ जना आगामी एपिसोडका लागि छनोट भएका छन् ,।

भिडियो हेर्न तलको लिँक खोल्नुहोस ।

The Voice Kids – 2021 – Episode 18 (Semi Finals) – YouTube

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार