होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • भलिबल
  • मार्तडीमा खेलमैदानको लागि जग्गा छनोटको प्रतिवेदन सार्वजनिक
भलिबल

मार्तडीमा खेलमैदानको लागि जग्गा छनोटको प्रतिवेदन सार्वजनिक

  • नागरिक रैबार
मार्तडीमा खेलमैदानको लागि जग्गा छनोटको प्रतिवेदन सार्वजनिक

नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो ।

No description available.

विज्ञापन

मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको संयाेजकत्वमा सदस्य धर्मराज पाध्याय, कणर् रावल, मानवबहादुर विक, काँसी नेपाली पत्रकार महासंघका पुर्वसचिव प्रेम विकको सहितको नेतृत्वमा जग्गाको सम्भाव्यता अध्ययन समिति बनाईएको थियो । सम्भाव्यता अध्ययन टोलीले मार्तडीको बाउली र गणखेतको जग्गामा खेलमैदानका लागि सम्भाव्यता अध्ययन गरेको छ ।

No description available.

खेलमैदानका लागि जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाईएको टोलीले आइतबार जग्गाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्दा बाउली र गणखेतको जग्गाको अध्ययनमा बाउलीको भौगोलिक अवस्था, सरकारी जग्गा रहेकोले अधिकरण गर्न नपर्ने, बाउली खोलाको नजिकै जोखिम क्षेत्र बढी भएकोले जोखिम न्युनिकरणको लागि आर्थिक लागत बढी खर्च हुने, भविष्यमा आवश्यकता बमोजिम थप खेलमैदान सरकारी जग्गामै निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ ।

No description available.

त्यस्तै गणखेत क्षेत्रमा भौगोलिक अवस्था, सरकारी जग्गा नभई खेतियोग्य जग्गा रहेकोले जग्गा अधिकरण गर्न पर्ने, जग्गा खेतियोग्य भएकोले जोखिम क्षेत्र कम रहेको, खेतियोग्य जमिन मासिने देखिन्छ, जग्गा खरिद गर्नु पर्दा आर्थिक रुपमा महंगो पर्ने निष्कर्ष प्रतिवेदन मार्फत निकालेको छ ।

No description available.

खेलमैदानका लागि जग्गा नगरपालिकाले उपलव्ध गराउनु पर्ने भएकाले नगरपालिकाले बडीमालिका ८ को बाउली र ९ को गणखेतमा रहेको जग्गा मध्ये एक ठाउँमा जग्गा हेरेको र गणखेतमा रहेका जग्गा धनिहरुलाई पुस २१ गते नगरपालिकामा बोलाएर छलफल गर्ने र जग्गा धनीहरु गणखेतको जग्गा खेलमैदानका लागि दिन तयार भए गणखेतमा खेलमैदान बनाउने गरी निणर्य हुने बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

No description available.

जिल्लाका खेलाडीहरुलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि २ करोड रकम विनियोजन गरेको छ । बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा उपयुक्त जग्गा उपलव्ध गराएपछि खेलमैदान निर्माण कार्य अगाडि बढाईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।

No description available.

सदरमुकाम मार्तडीमा प्रयाप्त खेलमैदान नहुँदा खेलाडीहरुलाई आफ्नो खेल प्रतिभा देखाउन समस्या हुने गरेको छ । खेलमैदान अभावकै कारण यहाँका खेलाडीहरुले सदरमुकाममा आयोजना गर्ने खेलकुदका कार्यक्रमहरु संचालन गर्न बाजुरा क्याम्पस र मालिका माविको मैदान प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार