होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका नेता काँशी विक सिफारिस
समाचार

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका नेता काँशी विक सिफारिस

  • नागरिक रैबार
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका नेता काँशी विक सिफारिस

नागरिक रैबार/बाजुरा १७ पुस। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट बाजुराका नेता काँशी विक सिफारिस भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट एमालेको तर्फबाट बाजुराका नेता काँशी विकसहित ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले बताएका छन् ।

उनका अनुसार खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस भएको हो । सिफारिस भएका नौ जना मध्येबाट ३ जनाको नाम अन्तिम केन्द्रीय कमिटीद्धारा सिफारिस हुने छ ।

खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो । त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन् ।

विज्ञापन

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएको छ । कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुने छ ।

बाजुराको बडीमालिका नगरपालिका ३ रजाली घर भएका नेता विक हाल नेकपा एमाले बाजुराको पार्टी कार्यालय सचिव हुन् । गैरसकारी संस्था महासंघको नेतृत्व सम्हालीसकेका विक पार्टी भित्र दलित नेताहरु मध्ये सिनियर भित्र पर्दछन् । वैचारिक क्षमता र प्रष्ट बोल्न सक्ने क्षमता राख्ने विक नै बाजुराबाट दलित समुदायका एमालेबाट राज्यको माथिल्लो पदका लागि सिफारिस भएका पहिलो व्यक्ति हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार