होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा १७ माघ । अनेरास्ववियु बाजुराले स्थानिय तहको निर्बाचन समयमै गर्न सरकारलाइ आग्रह गरेको छ । अनेरास्ववीयु बाजुराले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेकाे हो । नेकपा एमाले निकट अनेरास्वबियु बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय […]
नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ । गए राती बिद्युतको तार सट भएर ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो । स्थानीयका अनुसार आगलागी आइतबार राती […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ । सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा […]
नागरिक रैबार/बाजुरा १४ माघ।जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याव र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको छ । जिल्ला अस्पताल बाजुराले बाजुरामै कोरोना परिक्षण गर्ने पिसिआर ल्याव र कोरोनासंगै अन्य विरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको हो । जिल्ला अस्पताल बाजुराले स्थापना गरेकोे पिसिआर ल्याव र अक्सिजन पलान्टको एक औपचारिक कार्यक्रमका विच […]
बाजुरा/बाजुराका १५ हजार ३ सय ४८ नागरिक बिदेशमा रहेको तथ्याङक सार्बजनिक भएको छ । नेपालको जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार बाजुराका १५ हजार ३ सय ४८ जना नागरिक अनुपस्थितीको तथ्याङमा रहेको देखाएको छ । बाजुराको जनसख्याको अनुपातमा ० दशमलव ७१ प्रतिशत रहेको देखाएको छ । जसमा १० हजार ६ जना पुरुस र ५ हजार […]
धनगढी : नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो। ०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार […]
नागरिक रैबार/बाजुरा १३ माघ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ । २०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि […]
नागरिक रैबार बाजुरा ९ माघ बाजुराकाे सदरमुकाम मार्तडी नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारणकाे लाईनसंग जाेडिएकाे छ । सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रशारण लाईन जाेडिएकाे हाे । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गरेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । उहाँका अनुसार सदरमुकाम मार्तडीलाई […]
नागरिक रैबार बाजुरा ९ माघ बाजुराकाे सदरमुकाम मार्तडीमा आज साँझबाट संचालन हुने गरि राष्ट्रिय प्रशारण लाईन जडान गर्ने तयारी अन्तिम चरणमा पुगेकाे छ । राष्ट्रिय प्रशारण लाईन आजसाँझबाट सदरमुकाम मार्तडीमा जडान गर्नका लागि तयारी अन्तिम चरणमा पुगेकाे बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन् । उहाँका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर आजबाट पहिलाेपटक […]
नागरिक रैबार बाजुरा ८ माघ । अनेरास्ववियुकाे केन्द्रीय सचिवालय सदस्य विद्यार्थी नेता जंग विकले आफ्नाे जन्म दिनकाे अवसर पारेर बडीमालिका ८ मा रहेकाे द्वारीका प्राविका विद्यार्थीलाई स्टेशनरी सामाग्री सहयाेग गरेका छन् । आज माघ ८ गते परेकाे आफ्नाे ३२ अाै जन्म दिनकाे अवसरमा विकले द्वारीका प्रावि बाउलीमा पुगेर विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री […]
नागरिक रैबार बाजुरा ८ माघ। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी एक महिला आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी छन । घाईते हुनेमा सोही नगरपालिका वडा न ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन । बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका […]
नागरिक रैबार बाजुरा ६ माघ। विद्युत आपूर्तिकाे माग गर्दै सदरमुकाम मार्तडीमा ३ दिन देखि नागरिक समाजले गरेको आन्दोलन पश्चात बसेकाे सर्वपक्षीय बैठकले राष्ट्रिय प्रसारण लाईन तत्काल विस्तार गर्ने निर्णय गरेकाे छ । नागरिक समाजले गरेकाे ३ दिनदेखिकाे आन्दोलन पश्चात सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा बिद्युत आपुर्ती गर्न बिद्युत प्राधिकण तयार भएपछि आज बसेकाे सर्वपक्षीय बैठकले साे […]
नागरिक रैबार बाजुरा ६ माघ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराकाे नवौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । नवाैं जिल्ला अधिवेशनले बुढीगंगा नगरपालिकाका लेखापाल पुर्णचन्द्र जैशीकाे नेत्तृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरि सम्पन्न भएकाे हाे । जसमा उपाध्यक्ष उपेन्द्र बहादुर साउँद (खुला) उपाध्यक्ष पश्सिमा रावल (महिला), सचिव दिपेन्द्र पाण्डे,सह-सचिव धुर्वराज थपा र […]
नागरिक रैबार बाजुरा ५ माघ मार्तडीमा विद्युत आपुर्तिकाे माग गर्दै आजपनि बाजुराका नागरिक समाजले आन्दोलन गरेकाे छ । देश लाेडसेडिङ मुक्त भएर उज्यालाे अभियानमा लम्किरहेका बेला बाजुरा सदरमुकाम मार्तडीबासी दैनिक ८ देखि १० घण्टा लाेडसेडिङकाे मार खेप्न बाध्य भएकाे भन्दै बाजुराकाे नागरिक समाज हिजाेबाट चरणबद्व आन्दोलनमा उत्रेकाे छ । आज नागरिक समाज बाजुराले अखिल क्रान्तिकारीका […]
नागरिक रैबार बाजुरा ४ माघ । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा करिव ५ करोड भन्दा बढिकाे लागतमा कालाजग्रा फनपार्क निर्माण हुने भएको छ । बडीमालिका ७ काे ढम्कने सरस्वति आधारभुत विद्यालय नजिकैकाे २२ राेपनी जग्गामा निर्माण हुन् लागेको कालाजग्रा फनपार्कको साेमबार एक कार्यक्रमका बिच बाजुराका सांसद लालबहादुर थापाले शिल्यान्यास गरेका छन् । सबै […]
नागरिक रैबार/बाजुरा ४ माघ। जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत आपुर्तिको माग गर्दै बाजुराबासी आन्दोलनमा उत्रिएका छन् । सरकारले देशभर लोडसेडिङ अन्त्य गरेको भएपनि बाजुराबासीले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बाजुराबासी आन्दोलित भएका हुन् । मंगलबार जिल्लाको सदरकुाम मार्तडीमा नागरिकहरुले सयुक्त आन्दोलन गरेको हो । आन्दोलनका क्रममा नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण […]
नागरिक रैबार/बाजुरा ३ माघ। बाजुराकाे प्रमुख जिल्ला अधिकारी (सिडियाे) काे कार्यभार सम्हाल्न बाजुरा आएका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बाजुराली जनताकाे सुरक्षा गर्नुनै आफ्नाे पहिलाे प्राथमिकता हुने बताएका छन् । सोमबार जिल्ला स्थित पत्रकारहरूसंगकाे परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रजिअ पौडेले यहाँका जनताकाे सुरक्षासंगै जनजिविकाकाे सवालमा काम गर्ने बताए । साथै उहाँले आफ्नो दायित्व भनेको शान्ति […]