होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । उनी एमाले ओली समूहको सुदूरपश्चिम अध्यक्ष हुन् । उनको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंग पारिवारिक […]
चक्र बहादुर अयडी । त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले आधुनिक फलामे टनेलको अनुगमन गरिएको छ । कृर्षि ज्ञानकेन्द्र बाजुराको आर्थिक सहयोगमा र त्रिवेणी नगरपालिका कृर्षि शाखाको समन्वयमा निर्माण गरिएका त्रिवेणी नगरपालिकामा रहेका सात जना व्यवसायिक कृर्षकहरुले निमार्ण गरिएका फलामे टनेलको शुक्रवार अनुगमन गरिएको छ । निर्माण गरिएका टनेलहरुमा वेमौषमी लगाएतका तरकारी र विउविजन उत्पादन […]
२२ जेठ, बाजुरा । बाजुरा जिल्लामा आज ४३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ६ सय १६ पुगेको छ । आज ६० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । आज बाजुरामा ४ जना निको भएर घर फर्किएका छन । जिल्लामा पछिल्लो […]
नागरिक रैबार/बाजुरा २१ जेठ ।सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले आर्थिक संकलन गरि सुदुरपस्चिम प्रदेशका ९ वटै जिल्लाहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया, क्विन्सल्याण्ड’ ले अष्ट्रेलियामा बस्ने नेपालीहरु संग २ लाख ६० हजार आर्थिक संकलन गरी सुदूपश्चिमका ९ वटा जिल्लामा प्रत्येक जिल्लाका लागि ३१ हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग […]
नागरिक रैबार/बाजुरा २१ जेठ। कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा व्यवसायीक कृषकहरुलाई वर्षे फलफुलका विरुवाहरु वितरण गर्ने भएको छ । ज्ञान केन्द्रले आज एक सूचना जारी गर्दै जिल्लाका कृषकहरुलाई जेठ २५ गते भित्र कृषि ज्ञान केन्द्र र सम्वन्धित स्थानीय तहमा सम्पर्क गरेर कम्तिमा ५० वटा वर्षे फलफुलका विरुवाको माग गर्न भनेको छ । फलफुल रोपौं, कृषक […]
चक्र बहादुर अयडी/बाजुरा २१ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकालाई पक्की सडक संजालसंग जोड्नका लागि मौरेमा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ । विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, माननिय लाल बहादुर थापा, जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन […]
नागरिक रैबार/बाजुरा २१ जेठ। सुदूरुपश्चिम प्रदेश सरकारका एमालेका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहलाई प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४८ घण्टे स्पष्टिकरण सोधेका छन् । मन्त्री शाहलाई पार्टी स्थायी कमिटीको निणर्य विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेका हुन् । […]
नागरिक रैबार/बाजुरा २० जेठ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत कोरोना संक्रमण मुक्त भएका छन् । जेठ १३ गते एन्टिजेट विधिबाट गरिएको परिक्षणमा अध्यक्ष रावतलाई कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण भएको ८ दिनपछि पुनः परिक्षण गर्दा कोरोनाको रिपोट नेगेटिभ आएको अध्यक्ष रावतले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । अध्यक्ष रावतले सामाजिक […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरा जिल्लामा आज २३ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै आज एक जना निको भएर घर फर्किएका छन । बाजुरामा निको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरामा बैशाख २२ गतेबाट जारी गरिएको निषेधाज्ञा थपिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निणर्य गरको हो । जिल्लामा कोरोना महामारी र संक्रमण दर यथावत रहेकाले फेरी पनि निषेधाज्ञा थप्नु परेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले […]
जेठ २०, बाजुरा । बाजुराको गौमुल गाउँपालिका-४ मानाकोटकी मीना सार्कीको बारीमा यसपालि नयाँ बिरूवा हुर्किरहेका छन्। हुर्केका मात्रै होइनन् ती बिरूवामा फूल फूलेका छन्, साना-साना दाना पनि लागिसकेका छन्।मीनाले वर्षौंदेखि आफ्नो बारीमा आलु, गहुँ र सिमी लगाइन्। तर जति नै मेहनत गरे पनि बारीको उब्जनीले उनको परिवारलाई वर्षभरि हातमुख जोड्न पुग्दैनथ्यो। गत वर्ष जिल्लाको कृषि […]
महेश कुमार कार्की/काेल्टी१९ जेठ। बाजुरामा जारी निषेधाज्ञाकाे मौकामा कालोबजारी बढेको गुनासो भईरहेका बेला बुधबार बाजुराको जगन्नाथ गाउँपालिका वडा नं १ मा रहेको पिलुचौर बजारको अनुगमन गरिएको छ । निषेधाज्ञाकाे समयमा स्थानिय बजारहरुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गरिएको र पुराना थन्कीएका सामान समेत विक्रिवितरण भईरहेको जनगुनासाे बढेपछि सरोकारावाला निकायले आज बजारको अनुगमन गरेको छ । […]
नागरिक रैबार/बाजुरा १९ जेठ। बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज रेडियो बुढीनन्दामा कार्यरत पत्रकारहरुका लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो बुढीनन्दाको आयोजना र सदुरपश्चिम प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा खोज पत्रकारीता सम्वन्धि तालिम शुरु भएको हो । विगत लामो समय देखि रेडियो पत्रकारीता गरीरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै […]
नागरिक रैबार/बाजुरा १८ जेठ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाजुराका सांसद लालबहादुर थापाको पहलमा गृह जिल्ला बाजुराका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । सांसद थापाको पहलमा स्वास्थ्य सेवा विभागबाट बाजुराका लागि अक्सिजन सिलिन्डर १०, अक्सिजन कन्सन्ट्रेटर ७, अक्सिजन कनेक्टर १०, N-95 mask ३००, गाउन ११० सेट, मास्क सर्जिकल २५०० पिस, फेस सिल्ड २० पिस र पञ्जा […]
१८ जेठ,बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको हो।विभिन्न व्यक्तिहरुबाट हालसम्म करिब एक लाख ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको रामप्रसादका भिनाजु पदमराज रेग्मीले जानकारी दिए । विगत ८ वर्षदेखि मृगौला रोगबाट पीडित जैसीको अहिले दुवै मृगौलाले काम गर्न छोडेको आफन्तले बताएका छन्। हाल उनी मानव […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुरा उद्योग बाणिज्य संघका द्धित्तिय उपाध्यक्ष तथा प्रल्हाद जनरल स्टोरका संचालक एंव सफल व्यवसायी धर्म रोकायाको निधनले बाजुराको सिङ्गो बजार क्षेत्र स्तब्ध बनेको छ । एकसाता अघि कोरोना सङ्क्रमित भएका रोकायालाई बाजुरामा अक्सिजन अभाव भएपछि थप उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । उनको उपचारकै क्रममा आज दिउसो निधन भएको […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक […]
नागरिक रैबार/बाजुरा १८ जेठ। राष्ट्रिय आविष्कार केन्द्र /Remote Covid Repose Team ले बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नगरपालिकामा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै उक्त केन्द्रले बुढीगंगा नगरपालिकाको कोभिड १९ अस्थायी अस्पताल/ टाँटे स्वास्थ्य चौकीलाई कन्सेन्ट्रेटर ३ थान, नेबुलाइजर २ थान, पल्स अक्सिमिटर २ थान, केएन ९५ मास्क, […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराका एकजना कोरोना सँक्रमितको डडेल्धुरामा मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा उद्योग बाणिज्य संघ बाजुराका द्धित्तिय उपाध्यक्ष तथा व्यापारी धर्म रोकाया रहेेका छन् । कोरोना संक्रमित रोकायाको डडेल्धुरा उपक्षत्रीय अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।रोकायालाई केही दिन अघि मात्रै कोरोना पुष्टि भएको थियो । रोकायाको उपचार जिल्ला अस्पताल […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्यायलाई पत्नि शोक परेको छ । उनकी पत्नि रम्भादेवी पाध्यायको कोरोना संक्रमणका कारण यहि जेठ ६ गते काठमाण्डौंमा उपचारका क्रममा ५३ वर्षको उमेरमा निधन भएको थियो । विद्यालयले आज १३ औं दिनको पुण्य तिथिको अवसरमा स्वर्गीय पाध्यायको निधनप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै […]