होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको प्रचार विभागको जिम्मेवारी युवा नेता काँशी विकलाई दिएको छ । नेकपा एमाले बाजुराको माघ २५ गते बसेको पदाधिकारीको बैठकले नेताहरुको कार्यविभाजन गर्दै पार्टीको कार्यालय सचिव समेत रहेका नेता विकलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।
नागरिक रैबार बाजुरा २६ माघ। बाजुरा जिल्लामा ठगि धन्दा गरेको आरोपमा ३ जनालाई कारागार चलान गरेको छ । कारागार चलान हुनेमा बामदेव बोहरा, नितेश कामी र दिपक बहादुर बुढालाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मछिन्द्र बहादुर शाहीले दिएको जाहेरीका आधारमा ठगी मुद्धामा थुनचेक गर्दा उनिहरुले धरौटी तिर्न नसकेपछि जिल्ला कारागार […]
नागरिक रैबार बाजुरा २५ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको दोस्रो पुर्ण बैठक काेल्टीमा बस्ने भएकाे छ । नेकपा एमाले बाजुराका सचिव भरत थापाका अनुसार पार्टीको दाेस्राे पूर्ण बैठक आगामी फागुन ५ गते काेल्टीमा बस्ने भएकाे हाे । बैठकमा जिल्ला कमिटीका सदस्य, पदेन जिल्ला कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकाे छ । […]
नागरिक रैबार/बाजुरा २५ माघ । नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको छ । दुईसाता अघि नेविसंघ बाजुरा क्याम्पस ईकाइले बिभिन्न चार बुदे माग राख्दै बाजुरा क्याम्पसका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो । . दुईसाता अघि बुझाएको ज्ञापनपत्र मार्फत माग गरिएको कुरालाई अहिलेसम्म पनि सुनुवाई नगरेपछि नेबिसंघ बाजुरा क्याम्पस इकाई क्याम्पसमा ताला […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको हिमाली गाउँपालिकाले पालिका भित्र रहेका सवै विद्यालयलाई धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाएको छ ।गाउँपालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्येनजर गरेर धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् । प्रहरी निरीक्षक साउँदका अनुसार हिजो दिउसो गाउँ नजिकै छाप्रा डोरा सामुदायीक बनमा […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन । माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]
नागरिक रैबार बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको […]
नागरिक रैबार बाजुरा २२ माघ प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई प्रदान गरिएको छ प्रेस चाैतारी बाजुराले आफ्नाे स्थापना दिवसकाे अवसरमा विनाेद बिक स्मृति पुरस्कार प्रेस चाैतारी बाजुराका निवर्तमान अध्यक्ष वसन्त विस्वकर्मा र मनिषा घटालालाई प्रदान गरेकाे हाे । बडीमालिका […]
नागरिक रैबार/बाजुरा २२ माघ। जिल्लाको हिमाली गाउँपालिकाले वडा नम्बर ३ र ४ का विपन्न परिवारलाई फलामे चुल्हाे वितरण गरेकाे छ । गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको […]
नागरिक रैबार बाजुरा २१ माघ । बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात भएकाे छ । बिहीबार साँझदेखि सदरमुकामै हिउँ पर्न सुरु भएको थियाे। जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन। तर, यस वर्ष भने पाैष महिनाकाे दाेस्राे र माघ महिनाको तेस्रो साता सदरमुकाममा हिमपात भएको हो। सदरमुकाम लगायत जिल्लाका हिमाली भेगका बस्तिहरूमा हिमपात भएसंगै […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको खप्तड क्षेडदह गाउँपालिकाका एक जना युवकलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ७ लमगाउँका ४० वर्षिया हर्कबहादुर रावत रहेका छन् । उनलाई गाउँपालिकाको वडा नं. ५ डोगडी बजारबाट १० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से १ ज ६०९ नम्बरको […]
नागरिक रैवार / बाजुरा १९ माघ ।कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानीमा डुबेर एक बालक बेपत्ता भएका छन। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १४ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ। […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुराको कोल्टीमा जिपले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनीका कमल विकका ७ वर्षीया छोरा सुर्ज विकलाई जिपले ठक्कर दिँदा घाइते भएका हुन् । कोल्टी बिच बजारमा से १ ज ११४९ नम्बरको जितु विकको जिपले ठक्कर दिँदा बालकको एक खुट्टा भाचिएको उनका अंकल राजेश […]
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार/बाजुरा १७ माघ। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले प्रधानमन्त्री कार्यालय तथा राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरा […]
नागरिक रैबार/बाजुरा १७ माघ। बाजुरा जिल्लाका सामुदायिक विद्यालयहरु माघ महिनाभर भौतिक उपस्थितिमा संचालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय बाजुराले निणर्य गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोभिड-१९ तिव्र रुपमा फैलिरहेको दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाका सामुदायिक विद्यालय माघ महिनाभर भौतिक उपस्थितिमा नखोल्न निणर्य गरेको हो । त्यस्तै विद्यालयले […]
नागरिक रैबार/बाजुरा १७ माघ। बडीमालिका स्तरीय दलित भुमी अधिकार युनियनको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा बसेको बैठकमा भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार गर्ने, भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार, दलित सम्बन्धि घटना अध्ययन, भुमी आयोगमा जिल्ला स्तरको दलित प्रतिनिधिको प्रतिनिधित्व र भुमी […]