होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
समाचार

बुढीनन्दामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

  • नागरिक रैबार
बुढीनन्दामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् ।

प्रहरी निरीक्षक साउँदका अनुसार हिजो दिउसो गाउँ नजिकै छाप्रा डोरा सामुदायीक बनमा बाख्रा चराउन गएको बेला उनलाई आक्रमण गरेको थियो ।

बँदेलले आक्रमण गरेको खवर पश्चात स्थानीयले उनलाई उपचारका लागि कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजादै गर्दा बिच बाटामै मृत्यु भएको  साउँदले बताएका छन् । मृतक बिष्टको आज कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा दिने प्रहरी निरीक्षक साँउदले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार