होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ बैशाख।बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सांसद पदमबहादुर शाही चुनाव जितेको ६ महिनापछि मात्र गृह जिल्ला बाजुरा आएका छन् । गएको मंसिर महिनामा भएको चुनावमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा (ख) को सांसद पदमा विजयी भएका शाही ६ महिनापछि आज सदरमुकाम मार्तडीमा आएका हुन् । चुनाव जितेको ६ महिनापछि मात्र गृह […]
नागरिक रैबार/बाजुरा १६ बैशाख। जयमालिका यातायात प्रालि बाजुराको पाँचौं जिल्ला अधिवेशन तथा १० औं साधारण सभा आजबाट मार्तडीमा सूरु भएको छ । “कृषि पर्यटन, संस्कृती बाजुराको पहिचान यात्रुलाई गन्तब्य सम्मको जिम्मेवारी जय मालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ प्रालिको पाँचौं अधिवेशन तथा १० औँ साधारण सभा आजदेखि मार्तडीमा सुरु भएको हो । प्रालिको शनिबार […]
नागरिक रैबार/बाजुरा १५ बैशाख।जिल्लाको हिमाली गाउँपालिकामा गए राति गएको भुकुम्पका कारण २३ भन्दा बढी घर भत्किएका छन् । भुकुम्पका कारण सोही गाउँपालिका २ का २३ बढी घर पूणर् रुपमा क्षति पुगेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । बाजुरा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार मध्ये राति गएको भुकुम्पका कारण हिमालीका स्थानीय धन्जित […]
नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र एकएक पाइला, गेटा आखा अस्पतालको समन्वयमा उक्त निःशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको हो । पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्येनजर गर्दै बुढीनन्दा नगरपालिकाले यहि बैशाख २४ गतेदेखि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । सर्वहारा गरिब […]
बाजुरा– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । १२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक […]
नागरिक रैबार बाजुरा ४ बैशाख माथिल्लाे कर्णाली तथा जल पर्यटन महाेत्सव आजबाट हिमाली गाउँपालिकाकाे धुलाचाैरमा सूरू भएकाे छ । महोत्सवको एक कार्यक्रमका विच बाजुराका प्रतिनिधी सभा सदस्य सांसद बर्दि पाण्डेले उद्धघाटन गरेका छन । हिमाली गाउँपालिका र स्वामिकार्तिक खापार गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकायकाे सहयाेगमा आजदेखी सुरु भएकाे महोत्सवकाे उद्धघाटन सांसद […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा पहिलोपटक हुन् लागेको माथिल्लो कर्णाली जल पर्यटन पर्यटन महोत्सवको तयारी पुरा भएको छ । भोलीबाट हिमाली गाउँपालिकाको धुलाचौरमा संचालन हुने महोत्सवको तयारी पुरा भएको र महोत्सवको एक औपचारिक कार्यक्रमका विच बाजुरा जिल्लाका माननीय बद्रीप्रसाद पाण्डेले समुद्घाटन् गर्ने हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । “जैविक […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारीको बैकल्पिक सडकको निर्माण कार्य पुरा भएको छ । विगत पाँच वर्ष देखि वर्षातका ५ महिना बल्दे-दवारीको १ किलोमिटर सडकमा खसेको पहिरोका कारण बन्द हुँदै आएको उक्त स्थानमा बैकल्पिक सडक निर्माणको काम पुरा भएपछि यस वर्ष वर्षातमा समेत सदरमुकाम मार्तडीसम्म नियमित यातायात सेवा संचालन […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। नयाँ वर्ष २०८० सालको अवसरमा बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ वर्ष नयाँ उत्सव, प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको हो ।बाजुराको पर्यटन पवद्र्धन र समग्र जिल्लाको विकासका लागि धार्मीक तथा पर्यटकीय संभावना बोकेका गन्तव्य र […]
राजेन्द्र बिक /बाजुरा ३बैशाख । हिमाली जिल्ला बाजुरामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् । पहिलो चरणमा जिल्लाका बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम मार्तडीमा आइपुगेको डेल्टा स्टेशनरीका सञ्चालक नृप खातिले बताएका छन् । बडिमालिका र बुढिगंगा नगरपालिकाका सामुदायिक बिद्यालयका कक्षा १ देखि १० सम्मका आवस्यक किताब […]
नागरिक रैबार बाजुरा २७ चैत। बाजुरामा एकल लाेक गायन प्रतियोगिता संचालन हुने भएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला शाखा बाजुराकाे आयाेजना र सामाजिक विकास कार्यालयकाे आर्थिक सहयाेगमा उक्त प्रतियाेगिता संचालन हुन लागेकाे हाे । सदरमुकाम मार्तडीमा आयाेजना हुन लागेकाे कार्यक्रममा जिल्ला भित्रका प्रतिभाहरूलाई एकल गायन प्रतियाेगितामा सहभागी गराईने आयाेजक लाेक तथा […]
नागरिक रैबार/बाजुरा २७ चैत ।अछाम जिल्लाकाे बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ३ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । कुँवरलाई ठक्कर […]
नागरिक रैबार/बाजुरा २७ चैत । बाजुराको सदरमुकाम मार्तडी देखि गौमुल गाउँपालिकाको केन्द्र घटमुना जोड्ने सडकमा कालोपत्रेको काम सूरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना रहेको मार्तडी-घटमुना सडकको कालोपत्रेको काम सूरु गरिएको हो । सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको घटमुनासम्मको साढे १३ किलोमिटर सडक मध्ये पहिलो चरणमा मार्तडीदेखि भौनेरा सम्म साढे ६ किलोमिटर सडक कालोपत्रेको […]
नागरिक रैबार/बाजुरा २७ चैत । नेपाल विद्युत प्राधिकरण अन्तरगतकाे बाजुरा वितरण केन्द्रकाे कार्यालयमा तालवन्दी गरिएकाे छ । गत साउन २६ गते करेन्ट लागेर ज्यान गुमाएका बडीमालिका नगरपालिका ८ का भक्तबहादुर रावलकाे परिवारले ९ महिना वितिसक्दापनि प्राधिकरणले उचित क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दी गरेका हुन् । बाजुरा वितरण केन्द्रमा ज्यालादारीमा काम गरिरहेका रावलकाे ९ महिना अघि बुढीगंगा […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।बाजुराको बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले एक दशकपछि स्थायी डाक्टर पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना मेडिकल अधिकृतको स्थायी दरवन्दी भएको भएपनि करार सेवाका डाक्टरहरुले सेवा दिदै आएका थिए । बुढीनन्दा नगरपालिकाको अथक प्रयासपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृतको स्थायी दरवन्दी अनुसार डाक्टर प्रतिक न्यौपाने […]
नागरिक रैबार/बाजुरा २४ चैत्र।जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्वर ४ का २ सय ५ जना विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाको समन्वय र साईन नेपाल नामक संस्थाको सहयोगमा वडा नम्वर ४ का अतिविपन्न परिवारका २ सय पाँच जनालाई खाद्यन्न सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको […]
बाजुराको रानीवन क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ। कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तरगत बिहीवार भएको खेलमा नेपाल पुलिसको टिमलाई २–१ गोल अन्तरले पराजित गरी रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो। खेलको २ मिनेटमै गौरव रावतको हेडर गोल मार्फत बाजुराले अग्रता लिएको थियो। ४० औँ मिनेटमा […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्वामित्वमा रहेको जग्गामा अवैधानिक रुपमा निर्माण गरिएका घर टहरा हटाउन व्यापारीहरुलाई निर्देशन दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिको खाली जग्गामा एकिकृत कृषि बजार सहितको कोल्ड स्टोर संचालन गर्ने भएकोले अवैधानिक रुपमा बनाईएका घरटहराहरु हटाउन व्यापारीहरुलाई २ दिनको समय दिएको बडीमालिका नगरपालिकाका […]