होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २२, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रथम बार्जु महोत्सव सफल पार्न सरोकारवालासंग छलफल
समाचार

प्रथम बार्जु महोत्सव सफल पार्न सरोकारवालासंग छलफल

  • नागरिक रैबार
प्रथम बार्जु महोत्सव सफल पार्न सरोकारवालासंग छलफल

नागरिक रैबार/बाजुरा ९ बैशाख।नयाँ वर्ष २०८० को अवसरपारी यही बैशाख १५ गतेबाट बुढीगंगा नगरपालिकाको फालासेनमा हुने प्रथम बार्जु महोत्सवलाई भव्य रुपमा सफल पार्न जिल्लास्थित सरोकारवाला निकायसंग छलफल गरिएको छ ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत बैशाख १५ देखि २५ गतेसम्म संचालन हुन् लागेको प्रथम बार्जु महोत्सवलाई सफल पार्न जिल्लाका सरोकारवाला निकायहरुसंग छलफल गरिएको हो ।

महोत्सवलाई सफल पार्न आज मार्तडीमा आयोजना गरिएको सरोकारवाला निकायसंगको छलफलमा महोत्सवमा १ सय ५० बढी व्यवसायीक स्टल, बाजुराको पहिचान देउडा हुर्केउनी, हरिनो, लाखेनाच, गौरा, पुतला, भूवानाच सहीतका स्थानीय कला सँस्कृति झल्किने प्रस्तुती, साहित्य विधाका गीत, गजल, कविता, मुक्त दोहोरी सहीतका स्रष्टाको जमघट सहीतको प्रस्तुती रहने आयोजक सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले जानकारी गराएका थिए ।

विज्ञापन

१० दिनसम्म संचालन हुने महोत्सवमा करिब ५० लाख बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ भने महोत्सवलाई ८० हजार बढी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।बाजुराकाे बढी जनसंख्या भएको पालिका, व्यापारी केन्द्र र अछाम जिल्ला समेत नजिक पर्ने स्थान भएकोले महोत्सवमा मान्छेहरुको चाप बाक्लो हुने महोत्सवका मुल आयोजक समितिका संयोजक नरेन्द्र थापाले बताएका छन् ।

महोत्सवको पुर्व सन्ध्यामा सरोकारवाला निकायसंग गरिएको छलफलमा सहभागीहरुले महोत्सव अवधिभर बाजुराको पहिचान झल्किने खालका संस्कृति, गौरा, अनन्ते, हरिनो, हुड्केउली, भुवा नाच, लाखे नाच, भोटे जनजातिको आफ्नै पहिचान झल्किने खालका प्रस्तुतिहरु दर्शकहरुलाई देखाउन सुझाव दिएका छन् । भने महोत्सवलाई सफल पार्न आफुहरुको पूर्ण सहयोग रहने सहभागि सरोकारवालाहरुले बताएका छन् ।

छलफलमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावत, नेपाली काँग्रेसका तर्फबाट रामबहादुर कार्की, नेकपा मावोवादी केन्द्रका सचिवालय सदस्यद्वय शुरेश विक, गोरख सार्की र उद्योग वाणिज्य संघका उपाध्यक्ष चक्र रोकाया लगायत सहभागि थिए ।

बाजुरा जिल्लाका प्रमुख पर्यटकीइ गन्तव्य धार्मीक स्थल, संभावनाका क्षेत्रहरु र उत्पादनसँग सम्बन्धीत स्टलहरु पनि महोत्सवमा प्रर्दशनमा राखिने छन् । बाजुराको शान बडीमालिका, नाटेश्वरी, छेडेदह, बढालेक, बार्जुकोट लगायतका पर्यटकीय एवं ऐतिहासिक गन्तव्यहरुको महिमालाई थप विस्तार गर्न महोत्सवले सहयोग पुर्याउने आयोजक सुदूर साहित्य प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् ।

महोत्सवमा विनोद बाजुराली, ज्योती मगर, राजु परियार, शान्तिश्री परियार, एलिना चौहान, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, सुप्रीम मल्ल, अञ्जली अधिकारी, चक्र बम, लालबहादुर थापा, प्रकाश थापा, लालबहादुर धामी, टंक तिमिल्सिना, रेखा जोशी, गौरी भट्ट, सर्जक राजेन्द्र शाह बिपी लगायतका ख्याती प्राप्त कलाकार सहीत करिब ५० जना बढी कलाकारको सहभागिता रहने बताइएको छ ।

आयोजकले महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा र बुढीगंगा नगरपालिकाको अनुमति लिइसकेको छ । बाजुरामा यस अघि चैत्र महिनामा मार्तडीमा १० दिनसम्म महोत्सव संचालन भएको थियो भने बैशाख ४ गतेबाट माथिल्लो कणर्ाली जल तथा पर्यटन महोत्सव संचालन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै