होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माथिल्लो कर्णाली जल पर्यटन महोत्सव भोलिबाट सूरु हुने
समाचार

माथिल्लो कर्णाली जल पर्यटन महोत्सव भोलिबाट सूरु हुने

बाजुराका सांसद बद्री पाण्डेले कार्यक्रमको उद्धघाटन् गर्ने

  • नागरिक रैबार
माथिल्लो कर्णाली जल पर्यटन महोत्सव भोलिबाट सूरु हुने

नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा पहिलोपटक हुन् लागेको माथिल्लो कर्णाली जल पर्यटन पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।

भोलीबाट हिमाली गाउँपालिकाको धुलाचौरमा संचालन हुने महोत्सवको तयारी पुरा भएको र महोत्सवको एक औपचारिक कार्यक्रमका विच बाजुरा जिल्लाका माननीय बद्रीप्रसाद पाण्डेले समुद्घाटन् गर्ने हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

“जैविक कृषि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र बिकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नाराका साथ माथिल्लो कर्णाली जल पर्यटन पर्यटन महोत्सवको आयोजना गरिएको हाे ।

विज्ञापन

नेपाल पर्यटन वोर्ड, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशको समन्वय र सहकार्य र हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाको सयुक्त आयोजनामा उक्त महोत्सव भोलीबाट संचालन हुन लागेको हो ।

images

कुण्डा क्षेत्रमा रहेका धार्मिक, साँस्कृति, पर्यटकीय एंव जैविक विविधता र एतिहासिक पुरातात्वीक क्षेत्रको एकिकृत विकासका साथै कणर्ाली नदिको संरक्षण, सम्र्वद्धन र उपयोग गरी जल पर्यटन पर्वद्धन गर्नका लागि माथिल्लो कणर्ाली जल पर्यटन पर्यटन महोत्सवको २०८० को आयोजना गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।

पाँच दिनसम्म संचालन हुने महोत्सवको बैशाख ४ गते उद्धघाट्न हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरमा गरिने भएको छ भने महोत्सवको समापन पिलुचौरमा गरिने भएको छ । महोत्सवमा कर्णाली नदीमा र्याप्टिंङ (जल यात्रा) समेत गराईने हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।

महोत्सवमा स्थानीय कला र सांस्कृतिक प्रस्तुतिका साथै हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका लगायत बाजुराको कुण्डा क्षेत्रका धार्मिक र पर्यटकीय स्थलहरुको भ्रमणसंगै सो क्षेत्रका पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनी गराइने
छ ।
त्यस्तै जैविक बिबिधता र ऐतिहासिक पुरातात्विक क्षेत्रको एकीकृत बिकासका साथै कर्णाली नदीको संरक्षण प्रर्वद्धन र उपयोग गरि जल पर्यटन सम्बन्धमा कार्यशाला गोष्ठी संचालन गरिने आयोजक हिमाली गाउँपालिकाले बताएको छ ।

महोत्सवमा स्थानीय अर्गानिक तथा रैथाने अन्न बालिहरुका परिकारहरुका खानाहरु खान पाइने छ भने स्थानीय एबं राष्ट्रिय स्तरका कलाकारहरुका साथमा साँस्कृतिक कार्यक्रमहरु समेत गरिने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार