होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव हुने
समाचार

बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव हुने

  • नागरिक रैबार
बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव हुने

नागरिक रैबार/बाजुरा ३ बैशाख। नयाँ वर्ष २०८० सालको अवसरमा बाजुराको तल्लो क्षेत्रमा प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको छ ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ वर्ष नयाँ उत्सव, प्रथम बार्जु महोत्सव २०८० को आयोजना हुने भएको हो ।बाजुराको पर्यटन पवद्र्धन र समग्र जिल्लाको विकासका लागि धार्मीक तथा पर्यटकीय संभावना बोकेका गन्तव्य र कला, साहित्य, सँस्कृति, रहनसहन, रीतिरिवाज र बाजुराली वास्तविक जीवन शैलिको पहिचान गर्ने उद्देश्यले यहि बैशाख १५ देखि २५ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको महोत्सव मुल आयोजक समितिका संयोजक नरेन्द्र थापाले बताएका छन् ।

सुदूर साहित्य प्रतिष्ठान बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गर्दै बाजुराको प्रचार प्रसारको पहुँच विना अस्तित्व नपाई प्रयोग विहिन बनेको जिल्लाको अथाह श्रोत साधनलाई सञ्चार क्षेत्रको प्रभावकारी भूमिका देखाई पर्यटन प्रवद्र्धन, भाषा साहित्य र कला सँस्कृतिको विकासमा टेवा पुर्याउने लक्ष्य सहीत महोत्सव गर्न लागिएको महोत्सवका मुल आयोजक समितिका संयोजक थापाले बताएका छन् ।

विज्ञापन

स्थानीय कला, साहित्य र सँस्कृतिको विकास विना कुनैपनि क्षेत्रको विकास तथा प्रर्वद्धन वा परिर्वतन अकल्पनीय हुन्छ भन्ने मान्यतालाई प्रमुख मुद्दा बनाएर यहाँका पर्यटकीय तथा धार्मीक गन्तव्यका साथै साँस्कृतिक सम्पदा र सम्भावनालाई उजागर तथा प्रवद्र्धन गर्न सुदूर साहित्य प्रतिष्ठानले बाजुराको बुढीगंगा नगरपालिकाको सेराबगरमा महोत्सवको आयोजना गर्न लागेको हो ।

१० दिनसम्म सेरा बगरमा संचालन हुने महोत्वसमा सेरा बगरको आफ्नै अस्तित्व र उर्वरभूमि बुढीगंगा र गुइगाडले महिमा विस्तार तथा बालुवाको बगरमा गीत संगीतको रमाइलो गराउन आर्थिक कारोबारका लागि विशुद्ध व्यवसायीक महोत्सव गर्न लागिएको आयोजक सुदूर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।

महोत्सवमा बाजुराका प्रमुख धार्मीक तथा पर्यटकीय गन्तव्य र संभावना समेटेर देश विदेशमा चिनाउन परिचय खुल्ने गरी फोटो फिचर सहितको बिशेषता झल्कीने सामाग्री राखिने भएका छन् ।त्यस्तै कला सँस्कृतिको धनी मात्रै नभई उद्गम स्थल नै बाजुरा हो भन्ने सावित गर्न विभिन्न साँस्कृतिक, झाँकी, कला साहित्य प्रस्तुत गरिने पत्रकार समम्मेलनमा जानकारी गराईएको छ ।

महोत्सव अवधिभर प्रत्येक दिन स्थानीय देखि राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित स्थानीय सँस्कृति, भुवा लाखे, पुत्ला, हुर्केउली, पञ्च बाजा, साहित्यीक विधाका प्रस्तुती, स्थानीय उत्पादनको प्रवद्र्धन तथा प्रर्दशनी र साँझको समयमा खेल अवधीभर देउडा खेल सञ्चालन गर्ने आयोजकले बताएको छ ।

बाजुरा साँच्चिकै अपार श्रोत साधान र कला साहित्यले भरीपूणर् छ । जिल्लाको बीचैमा बहने कणर्ाली नदी अनि, बाजुराको शान बडीमालिका ! नाटेश्वरी, छेडेदह, बढालेक, बार्जुकोट लगायतका पर्यटकीय एवं ऐतिहासिक गन्तव्यहरुको महिमा बेग्लै छ भन्ने सन्देश प्रवाह हुने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सवबाट यहाँका गन्तव्यहरुले थप प्रचार र राष्ट्रिय मुलप्रवाहमा प्रवेश पाउने, धार्मीक तथा पर्यटकीय गन्तव्यको पहिचान गर्नमा थप बल पुर्याउने र बाजुराली पहिचानको झल्को दिने प्रयास भई यहाँको कला साहित्य, सँस्कृति र मौलिकतालाई चिनाउन सकिनेछ ।महोत्सवमा करिव डेढ सय बढी व्यापारीक स्टलहरु राखिने भएका छन् ।१० दिनमा कम्तिमा ८० हजार बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले आकंलन गरेको छ ।

१५ गते उद्धघाटन् गर्ने गरी महोत्सवको तयारी थालिएको महोत्सव मुल आयोजक समितिका संयोजक थापाले बताएका छन् । महोत्सवका दर्शकहरुलाई मनोरन्जन दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय छवी भएका कलाकारहरु विनोद बाजुराली, राम जी खाँड, ज्योती मगर, राजु परियार शान्तिश्री परियार, एलिना चौहान, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, सुप्रीम मल्ल, अञ्जली अधिकारी, चक्र बम, लालबहादुर थापा, प्रकाश थापा, लालबहादुर धामी, टंक तिमिल्सिना, रेखा जोशी, गौरी भट्ट लगायतले प्रस्तुति दिने आयोजकले बताएको छ ।

images

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार