होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खाद्य संस्थानको जग्गामा बनाएका घर टहरा हटाउन बडीमालिकाको निर्देशन
समाचार

खाद्य संस्थानको जग्गामा बनाएका घर टहरा हटाउन बडीमालिकाको निर्देशन

२ दिनभित्र जग्गा खालि नगरे डोजर चलाउने

  • नागरिक रैबार
खाद्य संस्थानको जग्गामा बनाएका घर टहरा हटाउन बडीमालिकाको निर्देशन

नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्वामित्वमा रहेको जग्गामा अवैधानिक रुपमा निर्माण गरिएका घर टहरा हटाउन व्यापारीहरुलाई निर्देशन दिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनिको खाली जग्गामा एकिकृत कृषि बजार सहितको कोल्ड स्टोर संचालन गर्ने भएकोले अवैधानिक रुपमा बनाईएका घरटहराहरु हटाउन व्यापारीहरुलाई २ दिनको समय दिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

२ वर्ष अघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बडीमालिका नगरपालिका बीच सो जग्गामा एकिकृत कृषि बजार संचालनका लागि भाडामा लिने गरी सम्झौता भएको थियो ।

विज्ञापन

एकिकृत कृषि बजार सहितको कोल्ड स्टोरको संरचना बनाउनका लागि कृषि विकास निर्देशनालयले करिव ४४ लाखमा एसएच कन्ट्रक्सनसंग सम्झौता गरेको छ । सो जग्गामा निर्माण भएका घरटहराहरु खाली नभएपछि कोल्ड स्टोरको संरचना निर्माणमा ढिलाई भएको नगरपालिकाले जनाएको छ ।

No description available.

नगरपालिकाले व्यापारीहरुलाई उक्त जग्गामा निर्माण भएका घरटहरा खाली गर्न यस अघि पटकपटक ताकेता गरेको भएपनि व्यपारीहरुले नमानेकोले अवको २ दिन भित्र जग्गा खाली नगरे डोजर लगाएर जग्गा खालि गर्न बाध्य हुने नगरपालिकाले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

No photo description available.

नगरपालिकाले सदरमुकाम मार्तडी बजार भित्रको बजारलाई व्यवस्थित गर्न र नगरपालिका भित्रका कृषकहरुले उत्पादन गरेका अन्न तथा तरकारी बालीलाई स्टोर गर्नका लागि कृषि विकास निर्देशनालयसंगको साझेदारीमा कोल्ड स्टोर संचालनमा ल्याउन लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार