होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा भुकुम्पले २३ घरमा क्षति पुर्यायो
समाचार

हिमालीमा भुकुम्पले २३ घरमा क्षति पुर्यायो

  • नागरिक रैबार
हिमालीमा भुकुम्पले २३ घरमा क्षति पुर्यायो

नागरिक रैबार/बाजुरा १५ बैशाख।जिल्लाको हिमाली गाउँपालिकामा गए राति गएको भुकुम्पका कारण २३ भन्दा बढी घर भत्किएका छन् ।

भुकुम्पका कारण सोही गाउँपालिका २ का २३ बढी घर पूणर् रुपमा क्षति पुगेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

बाजुरा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार मध्ये राति गएको भुकुम्पका कारण हिमालीका स्थानीय धन्जित बुढा, दन्तिर बुढा,जोबलाल बुढा,नौउले बुढा,दिलबहादुर बुढा,सौरमल रोकायाको घरमा क्षती पुर्‍याएको छ ।

विज्ञापन

यस्तै भुकम्पले सोही वडाकी बासु रोकाया, सुरेन्द्र बुढा,दुबलाल बुढा,देबबहादुर बुढा,पन्च रोकाया,सुरेन्द बुुढा,जग्गी बोहरा,साईमल बोहरा, सुर्ज बोहरा,जस थापा,भयधन थापा,पूणर् थापा,कुसुम खड्का,बाचमल रोकाया,कल रोकाया,सुर्ज खड्का,गोल्लाल खड्का लगायतकाको घरमा क्षती गरेको र बाँकी अन्य वडाको थप विवरण आउन बाँकि रहेको हिमाली गाउँपालिकाले जनाएको छ ।

यता भुकम्पका कारण क्षतीको विवरण संकलनका लागि जिल्लाका ९ वटै स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुसंग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।

जिल्लामा गएको माघ महिना यता लगातार भुकुम्प जान थालेपछि बाजुराबासी त्रसित बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार