होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी-गौमुल जोड्ने सडक कालोपत्रे गरिदै
समाचार

मार्तडी-गौमुल जोड्ने सडक कालोपत्रे गरिदै

  • नागरिक रैबार
मार्तडी-गौमुल जोड्ने सडक कालोपत्रे गरिदै

नागरिक रैबार/बाजुरा २७ चैत । बाजुराको सदरमुकाम मार्तडी देखि गौमुल गाउँपालिकाको केन्द्र घटमुना जोड्ने सडकमा कालोपत्रेको काम सूरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना रहेको मार्तडी-घटमुना सडकको कालोपत्रेको काम सूरु गरिएको हो ।
सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको घटमुनासम्मको साढे १३ किलोमिटर सडक मध्ये पहिलो चरणमा मार्तडीदेखि भौनेरा सम्म साढे ६ किलोमिटर सडक कालोपत्रेको काम सूरु गरिएको पुर्वाधार बिकाश कार्यालय अछामले जनाएको छ ।
२०७३ सालमा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म ट्रयाक खुलेको थियाे । संघियता पश्चात प्रदेश सरकारले सो सडकलाई गौरवको योजनाको रुपमा लिएर काम अगाडी बढाएको थियो । मार्तडी देखि भौनेरा सम्मको साढे ६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको धुलिखेल ग्याल्वा स्याम एण्ड शंकर जेविले बैशाख मसान्तभित्र सडक निर्माण गर्ने गरी कालोपत्रेको काम अगाडि बढाएको ठेकेदार दिपेन्द्र शाहीले बताएका छन ।
२०७६ सालमा सम्झौता भएको सो सडक निर्माण कम्पनीले अवको एक महिनामा निर्माण कार्य पुरा गर्ने जनाएको छ । कम्पनीले कोरोना महामारी र बाजुराको मुख्य सडक साफेँ मार्तडी सडक अबरोध भएको कारण निर्माण साम्रगी ढुवानीमा समस्या भएका कारण सम्पन्न गर्ने समयभन्दा केही ढिलो भएको सडक निर्माण कम्पनिले जनाएको छ ।
पुर्वाधार विकास कार्यालय अछामद्धारा संचालित यो सडक १५ करोड ८३ लाखमा धुलिखेल ग्याल्वा स्याम एण्ड शंकर जेविसंग ४ वर्ष भित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । कार्यालयका अनुसार अवको एक महिनामा सो सडक निर्माण कम्पनीले कालोपत्रेको काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने बताएको छ । यो सडक निर्माण पछि बाजुराको सदरमुकाम मार्तडी देखि गौमुल गाउँपालिका र छिमेकी जिल्ला बझाङका नागरिकहरु लाभान्वित हुने भएका छन् । सडक निर्माण संगै जिल्लाको. गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकाका नागरीकले सेवा पाउनका साथै गाउँबाट तरकारी फलफुल समेत बजारमा ल्याउन सहज हुने त्यहाका स्थानियले बताएका छन ।
मार्तडी घटमुना सडक कालोपत्रे भयो भने रजालीको तरकारी जुगाडाको सुन्तोला लगायतका फलफुल सदरमुकामको बजारसम्म ल्याउन सहज हुने भएको छ । त्यसै गरी गौमुल गाउँपालिकाका बिभिन्न ठाउँमा उत्पादन हुने अल्लो भा्रगो र लागायतका स्थानिय उत्पादनको बजारीकरणमा पनि सहज हुने गौमुल गाउँपालिकाले जनाएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार