होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जयमालिका यातायात प्रालि बाजुराको पाँचाैं अधिवेशन सूरु
समाचार

जयमालिका यातायात प्रालि बाजुराको पाँचाैं अधिवेशन सूरु

  • नागरिक रैबार
जयमालिका यातायात प्रालि बाजुराको पाँचाैं अधिवेशन सूरु

नागरिक रैबार/बाजुरा १६ बैशाख। जयमालिका यातायात प्रालि बाजुराको पाँचौं जिल्ला अधिवेशन तथा १० औं साधारण सभा आजबाट मार्तडीमा सूरु भएको छ ।

“कृषि पर्यटन, संस्कृती बाजुराको पहिचान यात्रुलाई गन्तब्य सम्मको जिम्मेवारी जय मालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ प्रालिको पाँचौं अधिवेशन तथा १० औँ साधारण सभा आजदेखि मार्तडीमा सुरु भएको हो ।

प्रालिको शनिबार एक औपचारिक कार्यक्रमका विच अधिबेशन तथा साधारण सभा कार्यक्रमको प्रदेश सांसद पदम बहादुर शाहीले उद्धघाटन् गरेका छन ।जयमालिका यातायात प्रालिका अध्यक्ष पृथ्वी रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद शाही रहेका थिए ।

विज्ञापन

कार्यक्रममा बिषिष्ठ अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेपाली काँग्रेसका उप सभापती पदम बडुवाल, नेकपा एमाले बाजुराका सचिव भरत थापा, नेकपा माओबादी केन्द्रका चन्द बहादुर थापा र नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष पुर बहादुर रावत रहेका थिए ।

उद्धघाटन् कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद शाहीले बाजुराका ग्रामिण सडकहरुको स्तरउन्नतिका लागि आफ्नो पहल रहने बताएका छन् ।त्यस्तै कार्यक्रममा शुभकामना दिने बक्ताहरुले बाजुराबासीलाई सहज र गुणस्तरीय यातायात सेवा प्रदान गर्न प्रालिलाईसुझाव दिएका थिए ।

होटल हिलटपको तालिमहलमा भएको कार्यक्रमको संचालन जय मालिका यातायात प्रालीका सचिव देबेन्द्र नाथले गरेका थिए । उद्धघाटन् सत्रमा सचिव देबेन्द्र नाथले प्रालिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रालिद्धारा संचालित जीपहरुमा गुणस्तरीय र सुरक्षित यातायात सेवा दिएको भन्दै १ जना चालक र काउन्टर स्टाप लाइ सम्मान समेत गरेको छ । त्यस्तै कार्यक्रममा सहभागी प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

आजबाट सूरु भएको प्रालिको अधिवेशनले आज नै बन्द शत्र संचालन गरेर सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने बताएको छ । २०७३ सालमा स्थापना भएको प्रालिले विगत १० वर्षदेखि बाजुरा जिल्लाका ग्रामिण सडकमा जीप सेवा र सदरमुकाम मार्तडी देखि धनगढीसम्मको यातायात सेवा दिदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार