होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • नेकपाको स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण
बडीमालिका

नेकपाको स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

  • नागरिक रैबार
नेकपाको स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ ।

स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् ।

सर्वहारा गरिब विपन्नको मुक्तीका लागि स्थापना गरिएको कम्यूनिष्ट पार्टीको उदेश्य अनुसार नै जिल्ला अस्पताल बाजुरामा उपचाररत विरामीको स्वास्थ्य लाभको कामना सहीत फलफूल वितरण गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । नेपालमा २००६ सालमा नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको थियो ।

विज्ञापन

No description available.

विरामीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, एमाले जिल्ला कमिटी सचिव भरत थापा, संगठन विभाग प्रमुख तथा बडीमालिकाका नगरप्रमुख अमर खड्का, आर्थिक विभाग प्रमुख जनक विष्ट, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, जिल्ला कमिटी सदस्य सिता बराल थापा, प्रेस चौतारी सुदूरपश्चिम अध्यक्ष कृष्ण ओली, नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, बडीमालिका ८ का अध्यक्ष चन्द्र थापा, ९ का अध्यक्ष सूर्यकिरण विकले फलफुल वितरण गरेका थिए ।

त्यस्तै फलफुल वितरण कार्यक्रममा  नेपाल पत्रकार महासंघ उपाध्यक्ष पदम सिंह अनेरास्ववियु बाजुरा अध्यक्ष दिल थापा, सहसचिव प्रेम नेपाली, केपी बा स्पोर्टस क्लबका अध्यक्ष लक्ष्मण रोकाया लगायत सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार