होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व […]
प्राकृतिक विपदका कारण बाजुरामा थुप्रै वस्तीका बासिन्दा यतिबेला पीडा र कष्टमा छन् । केही गाउँहरुसँग त भौतिक सम्पर्क विच्छेदको अवस्था छ । उनीहरुलाई राहत र उद्धारका कार्यक्रम तत्काल सुरु गर्न त जरुरी छ नै । तर वर्षेनी भइरहने जोखिमको दीर्घकालीन समाधानका लागि याेजना निर्माण र कार्यान्वयनमा सरकार र जनप्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हो । विडम्वना […]
बाजुरा स्थित नागरिक संघ- संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारी गैरेलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् । जिल्ला स्थित पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी संस्था महासंंघ नेपाल, फियान […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको सदरमुकाम मार्तडीको दुनिहाटबजारमा रहेको पुष्प जनरल स्टोरको हिलटप होटल नजिकैको गोदामबाट १० पेटी धारा तेल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रातिको मौका छोपेर विभिन्न समयमा पुष्प जनरल स्टोरको गोदामबाट १० पेटी धारा तेल चोरी गरेर मार्तडी बजारमै विक्री गरिरहेको अवस्थामा प्रहरीले बुढीगंगा नगरपालिका ५ का १८ […]
नागरिक रैबार/बाजुरा २७ साउन। जिल्लाको बुढीगंगा नदिको किनारमा मंगलबार विहान मृत अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेको छ । बुढीगगा नदिमा मृत अवस्थामा भेटिएकी बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी ७ महिनाकी छोरी रितु लुहार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । डिएसपी भट्टराईले दिएको जानकारी अनुसार मंगलबार विहान […]
अनिल शाही / बाजुरा २६ साउन ।लगातार बर्षा र कर्णाली नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेकाे झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न […]
अनिल शाही बाजुरा २६ साउँन बाजुरा जिल्लामा हिजो राति देखी निरन्तर आएको अविरल वर्षा संगैको भाडी पहीरोले २७ घर वगाएको छ भने जनजिव प्रभावित भएको छ । जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा गए राति आएको अबिरल बर्षसंगै बुढिगंगा नदिलेको बाढिले बगाउँदा एक जना महिला बेपत्ता बनाएको छ । वाडीपहिराका कारण दुई सय बढी जनसंख्या […]
आइतबार राती आएको अविरल वर्षाले जिल्लाको बडिमालिका नगरपािलका वडा नं २ भौन्यारा बजारका अधिंकाश घर तथा पसलहरु क्षेतीग्रस्त भएका छन् । निरन्तर वर्षापछि छेउमै रहेको भौन्यारा खोलाको बहाब बढेपछि आसपासका घरहरु क्षेतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खोलाले घर, पसल, शौचालय र घट्ट गरी १४ घरहरु बगाएको खबर पनि प्राप्त भएको र […]
नागरिक रैबार/बाजुरा २६ साउन। आईतबार राति अविरल बर्षा संगै गौमुल गाउँपालिकाबाट आएको बाढीका कारण बडीमालिका नगरपालिका ६ स्थित जडाङ्गामा निर्माण गरिएको बेलिवृज बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडीसम्म सडकलाई जोड्नका लागि बेलिवृज २०६९ सालमा निर्माण गरिएको थियो । आईतबार राति आएको बाढीकै कारण बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष […]
नागरिक रैबार बाजुरा २६ साउन आईतबार राती अविरल वर्षासंगै आएको बाढीले बगाउँदा बडीमालिका नगरपालिका वडा नं २ का वडा अध्यक्ष डम्बर महतकी आमा बेपत्ता भएकी छन् । सोमबार विहान बडीमालिका नगरपालिका २ घाघर स्थित नजिकैको बस्तीमा बाढी आएपछि वडा अध्यक्ष महतकी ६५ वर्षिया आमा अईसनी महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
नहकुल जोशी/कोल्टी २२ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाण्डौको थानकोट निवासी गोकुल गिरीले स्वामीकार्तिक खापर गाउँपालिकाका लागि २ हजार ५ सय थान मास्क सहयोग गर्नुभएको छ । देउडा सर्जक, समाज सेवी गिरीले कोरोनाभाईरस नियन्त्रणका लागि सहयोग पुर्याउन भन्दै गाउँपालिकालाई सो संख्यामा मास्क सहयोग गर्नुभएको हो । उहाँले […]
चक्र बहादुर अएडी/बाजुरा २२ साउन । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर विद्यार्थिहरुमा परेको छ । ईमेल ईन्टरनेट तथा संचार माध्यमको पहुचमा भएका बिद्यार्थी र बिद्यालयहरुले रेडियो टेलिभिजन बाट पठनपाठन गरिरहेका छन् । संचार माध्यमको पहुच भन्दा टाढा रहेका बिद्यार्थिहरु भने घाँस दाउरा र डुलेर विताईरहेका छन […]
नागरिक रैबार/बाजुरा २१ साउन। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नेता वद्रिप्रसाद पाण्डेले साँफे मार्तडी सडक तत्काल सूचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । बुधबार नेता वद्रीप्रसाद पाण्डेसहित पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, महाधिवेशन प्रतिनिधि पदमबहादुर शाही र नेविसंघ बाजुरा काठमाण्डौं सम्पर्क समितिा अध्यक्ष चन्द्र रावत सहितका नेताहरुले […]
चक्रबहादुर अएडी/बाजुरा २१ साउन। बाजुराको त्रिवेणी नगरपालिकाले एक जना असाय मानसिक रोगि चेलीको उद्दार गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्मर ८ बस्ने बर्ष ५२ बर्षिया अम्बि गिरी लाई नगरपालिका र स्थानीयको पहलमा उद्दार गरि आर्थिक सहयोग गरेको भगतराज गिरीले जानकारि दिनु भयो । गिरीका अनुसार उद्दार गरेको महिलाको आवश्यक पालनपोषण र सुरक्षाको लागि धनगढीमा […]
निमेन्द्र शाही/ बाजुरा २१ साउन –बाजुराको पूर्वाेत्तर क्षेत्रका ४ वटा स्थानीय तहमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको माैज्दात २ महिनादेखि शून्य छ । कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेका मानिस भित्रिएसँगै जेठकाे दोस्रो साताबाट ती डिपोमा चामलको माैज्दात राख्न सकिएको छैन […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ मा प्रहरी चौकी नहुँदा बिच्छँयामा खुलेआम जडिबुटि तथा वन्यजन्तुको चोरी शिकारी भइरहेको छ। गाउँपालिकाको वडा नम्बर ३ युनामा रहेको प्रहरी चौकी एक दिनको दुरीमा तल पर्ने हिमाली गाउँपालिको –४ नम्बर कवाडीमा सरेपछि लामो समयदेखि उक्त समस्या भइरहेको छ। युनामा बस्न नसक्ने भन्दै ८ वर्ष पहिले प्रहरी […]
नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट ५१ हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी […]
नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराका राष्ट्रसेवक कर्मचारीहरुको वचत तथा ऋण सहकारीको पुँजी स्थापनाको १० औं वर्षमा प्रवेश गर्दा १ करोड बढी नाघेको छ । नेपाल निजामती कर्मचारी संगठन बाजुरा अन्तरगत संचालित उक्त सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो स्थापनाकालको दस वर्षमा कुल कारोवार रकम एक करोड नाघेको बताएको छ । १सय २४ जना […]
नागरिक रैबार/बाजुरा १८ साउन। बोलन्या थलीको बाजुरा यूनिट गठन भएको छ । बोलन्या थलीको आईतबार बुढीगंगाको फालासेनमा भएको बाजुरा युनिट गठन कार्यक्रमबाट भरत बुढा संयोजक रहने गरि समिति गठन गरिएको छ । बाजुराको फालासैनमा भएको कार्यक्रममा बोलन्या थलीका संस्थापक संयोजक यादब जोशीले बाजुरामा गठन भएको युनिटका संयोजक बुढा लगायतलाई स्वागत तथा सपथ ग्रहण गराएका छन् […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई ४ बुदे माग सहित ज्ञापन पत्र बझाएको छ । आईतबार नेपाल प्रेस युनियन बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई विभिन्न ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा […]